बङ्गालमा बुलबुलको ताण्डव

‘बुलबुल’ले पश्चिम बङ्गालमा 10 जनाको ज्यान लिएको छ। हुरी र झरीले धेरै ठाउँमा अस्तव्यस्त बनाएको थियो। प्रशाशनिकरूपले 6 जनाको ज्यान गएको पुष्टि भएको छ। बताइएअनुसार अहिलेसम्म बुलबुलको चपेटमा परेर दसजनाको मृत्यु भइसकेको छ।

मुख्यमन्त्री ममता व्यानर्जीले बुलबुलको कारण उत्तरबङ्गाल यात्रा रद्द गरेकी छन्। प्रधानमन्त्री अनि गृहमन्त्री नरेन्द्र मोदी र अमित शाहले मुख्यमन्त्रीलाई फोन गरेर स्थितिको जायजा लिएका छन्। नामखाना र बकखाली क्षेत्रमा निक्कै क्षति पुऱ्याएको बताइएको छ।

‘बुलबुल’ को कारण राज्य भरि 2.73 लाख मानिस प्रभावित रहेको जनाइएको छ भने  1.78 लाख मानिसलाई शिविरमा राखिएको छ। 9 वटा क्षेत्रमा क्याम्प राखिएको छ।  उत्तर 24 परगना, दक्षिण 24 परगना, पूर्व मेदिनीपुर पनि निक्कै प्रभावित रहेको छ।

धेरै मानिसहरू बैघर बनेका छन्, जसलाई  46 हजार तिर्पल बाँडिएको छ।  26 हजार घर आंशिक र 2473 घर पूर्णरूपले  क्षतिग्रस्त छ। प्रभावितहरूको सेवाको लागि 15 हजार सिविक पुलिस खटाइएको छ। केन्द्रले पनि शीघ्र नै आपदा सेवा प्रदान गर्ने भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन