अब रोङ्गोमा अगमसिंह गिरी

विज्ञापन

रोङ्गो, 11 नोभेम्बर,


अब जातीय कवि अगमसिंह गिरीलाई रोङ्गोमा देखिने भएको छ। स्थानीय साहित्य प्रेमीहरूले गिरीको सालिग स्थापना गर्ने मतो गरेका छन्। खासगरी ४४अनि ४५ नम्बर समष्टिलाई केन्द्र गरी रोङ्गोमा जातीय कवि अगमसिंह गिरीको सालिग स्थापना गरिने निश्चित गरिएको हो। केही दिन अघि रोङ्गोका कवि जय क्याक्टस, छिरिङ दीन, पत्रकार अनिल तेलैजा, मनोज बोगटी, गायक सोनाम शेर्पालगायत विरण गुरुङ तथा अन्यको उपस्थितिमा सालिग निर्माणबारे बैठक भएको थियो।

सोही बैठकमा कवि जय क्याक्टसलाई सालिग निर्माण समितिको संयोजकको रुपमा चयन गरिएको थियो। सोही दिन तय गरिएअनुसार संयोजक जय क्याक्टसले स्थानीय विशिष्ट व्यक्तिहरूलाई लिएर हिजो एउटा बैठक गरेका छन्।

क्याक्टसले बताएअनुसार  हिजो बसेकोसभाले जातीय कवि अगमसिंह गिरी सालिग स्थापना समिति गठन गरिएको छ। जसको सभापति अनिल तेलैजा अनि सचिवको रूपमा फूर्वा शेर्पा पायामी चयन भएका छन् भने कोषाध्यक्षमा श्रीमती उषा गुरूङ चयन भएकीछन् ।

यसै गरी क्षेत्रका मनोज बोगटी, कमल रेग्मी, रमेश थापा, उज्ज्वल बम्जन, सबै सर्जक तथा शुभचिन्तकलाई समेटेर एक कार्यकारी समिति गठन गरिएको छ र यसले सबैसित सहयोग र साथ माग्न जनसम्पर्क अभियान शुरू गरिसकेको छ।

मूर्ति निर्माण खर्च कवि छिरीङ दीनले आफ्नो दायित्वमा लिएकाछन् जसको अनावरण गिरी जयन्तीको अवसरमा अर्थात २७ दिसम्बरको दिन एक भव्य साहित्यिक कार्यक्रमबीच गरिने जानकारी प्रचार-प्रसार सचिव पारस खवासले दिएका छन्। संयोजक जय क्याक्टसले क्षेत्रमा सम्पन्न भइरहेको यस ऐतिहासिक कार्यलाई सफल बनाउन सबै सर्जक तथा शुभचिन्तकवर्गलाई खुलेर अघि आई साथ दिन विनम्र अपील गरेकाछन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया