ममताको मौनतामा घोषको खसखस

विज्ञापन

‘जब पनि भारतीय परम्परा, अस्मिता र संस्कृतिको कुरा आउँछ, तृणमूल चुप रहन्छ किन?,’ उनले प्रश्न गरे, ‘राष्ट्रीय महत्वका कुनै पनि कुरामा ममता व्यानर्जीलेले पटक्कै मुख खोल्दिनन्।’


कोलकाता, 11 नोभेम्बर


अयोध्यामाथि भएको फैसलाबारे तृणमूल काङ्ग्रेस नबोलेको देखेर बङ्गाल भाजपा नेता दिलिप घोष हैरानीमा परेका छन्। मुख्यमन्त्री ममता व्यानर्जीको मौनतामा घोष छक्क परेका छन्। भाजपा मुख्यालयमा संवाददाता सम्मेलन डाकेरै घोषले आफ्नो आश्चर्य त प्रकट गरे नै, व्यानर्जीमाथि आरोप पनि लगाए।

‘जब पनि भारतीय परम्परा, अस्मिता र संस्कृतिको कुरा आउँछ, तृणमूल चुप रहन्छ किन?,’ उनले प्रश्न गरे, ‘राष्ट्रीय महत्वका कुनै पनि कुरामा ममता व्यानर्जीलेले पटक्कै मुख खोल्दिनन्।’

उनले उदाहरण पनि दिए। सर्जिकल स्ट्राइक होस् वा पुलवामा आक्रमण, व्यानर्जी पटक्कै बोलिनन्। अयोध्याबारे आएको सर्वोच्च न्यायालयको निर्णयमा पनि बोलिनन्।  घोषले ममता मात्र होइन राहुल गान्धी र अरविन्द केजरीवालको मौनतामाथि प्रश्न गरे।  सांसद औबेसीलाई त भोट व्याङ्कको राजनीति गरेको आरोप कसे।

‘सर्वोच्चको निर्णय नै सर्वोपरी हो,’ उनले भने, ‘वास्तवमा यो निर्णय न्यायपूर्ण थियो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया