तस्लिमा नसरिनले खोलिन् मुख : म न्यायाधिश हुँदो हुँ जमिन स्कूल र अस्पताल बनाउन दिने थिएँ

विज्ञापन

कालेबुङ, 12 नोभेम्बर


विवादित लेखिका तस्लिमा नसरिनले अयोध्या निर्णयमाथि मुख खोलिन्। सर्वोच्च न्यायालयले मस्जिद बनाउन दिने भनेको पाँच ऐकर र राम मन्दिर बनाउन दिएको 2.77 ऐकर जमिनबारे नसरिनले प्रश्न उठाएकी छन्।  ‘सर्वोच्चले अयोध्यामा हिन्दुहरूको लागि मन्दिर बनाउन 2.77 ऐकर जमिन दियो, यद्यपि मुस्लिमहरूको मस्जिद बनाउन चाँही पाँच ऐकर,’ उनले भनेकी छन्, ‘मुसलमानहरूलाई पनि 2.77 ऐकर नै जमिन दिनुपर्थ्यो।’

तस्लिमाले ट्वीट गर्दै भनेकी छन्, ‘यदि म चाँही न्यायाधिश हुँदो हुँ, हिन्दुहरूलाई राम मन्दिर बनाउन दिएको अयोध्याको 2.77 ऐकर जमिन सरकारलाई दिने थिएँ। ताकी त्यहाँ एउटा आधुनिक स्कूल बनियोस् र जहाँ नानीहरूले नि:शुल्क पढ्न पाउन्।’

उनले यता मुसलमानहरूलाई दिएको पाँच ऐकर जमिनबारे पनि बोलेकी छन्। ‘त्यो पाँच ऐकर जमिन चाँही म अस्पताल बनाउनको लागि दिने थिएँ,’ उनले भनेकी छन्, ‘ताकी त्यहाँ  विरामीहरूको नि:शुल्क चिकित्सा होउन्।’

लेखक सलिम खानले पनि नसरिनकै विचारसित सहमति दिएका छन्। उनले पनि हिन्दु र मुसलमानलाई मन्दिर र मस्जिद बनाउन दिएको जमिन ‘स्कूल र अस्पताल बनाउन दिनुपर्ने थियो’ थियो भनेका छन्। सोले र दिवारजस्तो फिल्म लेख्ने सलिम खानले यद्यपि सर्वोच्चको निर्णयपछि यसबारे बोलिरहन मुनासिब नरहेको पनि जनाए।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया