सांसद विष्टको मुखमा ताला : शारदा सुब्बा राई

विज्ञापन

दार्जीलिङ, 12 नोभेम्बर


तृणमूल साङ्ग्रेसका बागी नेता शारदा सुब्बा राईले दार्जीलिङका सांसद राजु विष्टको मुखमा ताला झुण्डिएको मन्तव्य गरेकी छन्। राष्ट्रीय गोर्खाल्याण्ड समिति (एनजीसी)-को बैठकमा सांसद विष्टको अनुपस्थितिलाई केन्द्र गर्दै राईले आफ्नो मन्तव्य सोसल मिडियामा राखेकी हुन्।

‘छुट्टै राज्य गोर्खाल्याण्ड लयाउँछु भनेर महाकाल बाबाको कसम खाएर, जुन पार्टीको काँधमा चढेर राजु बिष्ट भाइ दार्जीलिङबाट सांसद बने त्यो पार्टीले बोलाएको सर्वदलीय सभामा उनी उपस्थित हुन सकेनन्,’ उनले भनेकी छन्, ‘नेशनल गोर्खाल्याण्ड कमिटी जस्तो छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्नलाई नै गठन भएको कमिटीले बोलाएको सर्वदलीय सभामा पनि उनी उपस्थित हुन सकेनन् तर सिङलामा आउन भ्याए। सिञ्जीमा जान भ्याए।’

विष्टको रवैयापछि गोरामुमो नेता मन घिसिङलाई लक्ष्य गर्दै उनले अझ लेखेकी छन्, ‘सर्वदलीय सभामा आउन नभ्याए पछि गोरामुमोको अध्यक्ष अनि शिष्टमण्डली आफ्नो सांसदलाई भेट्न दिल्ली पुग्न पर्दैछ। जब कि स्व० सुवास घिसिङ आप्पाले जिताएर पठाएको सांसदलाई केन्द्रमा काम लगाउँथे। उनी त सिधै प्रधान मन्त्रीको, गृह मन्त्रीको बोलावटमा दिल्ली पुग्थे। आप्पालाई देशको सर्वोच्च अफिसहरुमा त्यहाँका उच्चाधिकारीहरुले कस्तो सम्मान स्वागत व्यवहार गर्थे त्यसताक उनीसित जाने शिष्टमण्डलीका सदस्यहरु गर्व साथ आज पनि कुरा गर्छन्।’

शारदा राई सुब्बाले अघिबाट नै सांसद राजु विष्टले धेरैपल्ट दार्जीलिङको पर्मानेन्ट पोलिटिकल सल्युसन पाँच बर्षमा हुने  भनिसकेको  तर विष्टले आफूले भनेको कुरालाई कार्यान्वयन भने नगरेको सङ्केत गरेकी छन्।

‘राजु विष्टलाई दार्जीलिङ पहाडवासीले भोगिरहन परेको कुनै समस्यासित पर्वाह नै छैन भन्ने नै बुझिन्छ तर आफ्नो बिजेपी पार्टीको विस्तारमा भने कुनै कसर नछोडने स्पष्ट बुझ्न सकिन्छ,’ उनले भनेकी छन्, ‘बिजेपी पार्टीको विचारधारा अनुसार उनी चल्नु पर्ने हुन्छ र आफ्नो एक एक वटा बहुमूल्य भोट दिएर जिताउने साधरण जनताको त्यहाँ कुनै महत्व नै छैन।’

विष्ट पनि अघिल्ला सांसद जसवन्त र अहलुवालिया झैं रहेको सुब्बाले जनाएकी छन्।

‘आफूलाई भोट दिनेलाई न जसवन्त सिंहले चिने न त आहलुवालियाले नै,’ उनले भनेकी छन्, ‘न त अब राजु बिष्ट भाईलाई नै चिन्ने फूर्सत छ। उनी केन्द्रद्वारा मनोनित टि बोर्डका सदस्य पनि हुन् तर आफुलाई बहुमत दिने चियाबारी वासिन्दाहरुको समस्याहरु बारे त झन मौन छन्। मुखमा ताला लगाए बराबर छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया