भाजपा दार्जीलिङको मुद्दामा गम्भीर छ- मन घिसिङ

‘दार्जीलिङको स्थायी राजनैतिक सामाधानबारे शीघ्र नै प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहाले दार्जीलिङका नेताहरूलाई लिएर बैठक बोलाउनेछन्,’ मन घिसिङले भने, ‘विष्टले शीतकालीन सत्रमा पनि कुरा उठाउने जनाएका छन्।’


कालेबुङ, 13 नोभेम्बर


गोरामुमो अध्यक्ष मन घिसिङले दार्जीलिङका सांसद राजु विष्टलाई दिल्लीमा भेट गरेपछि भाजपाले दिएको बचन पूरा गर्नुपर्ने बताएका छन्।

‘जसरी भाजपाले धारा 370 र राम मन्दिरमाथि गरेको आफ्नो बचन पूरा गऱ्यो उसरी नै दार्जीलिङबारे गरेको बचन पनि पूरा गरिनुपर्छ भनेका छौं,’ मन घिसिङले भनेका छन्। दिल्लीमा तीनघन्टाभन्दा धेर यसै विषयमाथि विष्टसित चर्चा भएको बताउँदै उनले भने, ‘विष्टसित पहाडको स्थायी राजनैतिक सामाधान, 11 जात गोष्ठीलाई जनजातिको मर्यादा दिनुपर्नेबारे चर्चा भयो।’

घिसिङले राजु विष्टलाई भेटेपछि  भारतीय जनता पार्टी आफ्नो बचनमा कायम रहेको जनाएका छन्। ‘भाजपाले राष्ट्रीय संकल्प पत्रमा कश्मिरको 371 र 35 ए र राम जन्मभूमिबारे पनि प्रतिबद्धता जनाएको थियो, त्यो पूरा गरेको छ। अब पालो दार्जीलिङको। भाजपा दार्जीलिङको मुद्दामा गम्भीर छ,’ घिसिङले भने।

सांसद विष्टले केन्द्रीय गृहमन्त्री अमित शाहसित दार्जीलिङबारे कुरा गरिसकेको पनि घिसिङले जनाए। ‘दार्जीलिङको स्थायी राजनैतिक सामाधानबारे शीघ्र नै प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहाले दार्जीलिङका नेताहरूलाई लिएर बैठक बोलाउनेछन्,’ घिसिङले भने, ‘विष्टले शीतकालीन सत्रमा पनि कुरा उठाउने जनाएका छन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया