
‘यही शीतकालीन सत्रमा पहाडको स्थायी राजनैतिक सामाधानबारे बील ल्याउनुपर्छ,’ गोजमुमो अध्यक्ष विनय तामाङले भनेका छन्। उनले पत्रकार सम्मेलन गर्दै भाजपाले प्रतिबद्धता यही शीतकालीन सत्रमा पूरा गर्नुपर्ने भन्दै दवाब दिएका छन्। ‘11 जात गोष्टीलाई जनजातिको मर्यादा दिलाउने बील पनि यही सत्रमा ल्याइयोस्, भाजपा कति गम्भीर छ, यही शीतकालीन सत्रमा थाहा पाइन्छ,’ उनले भनेका छन्।
कालेबुङ, 13 नोभेम्बर
‘यही शीतकालीन सत्रमा पहाडको स्थायी राजनैतिक सामाधानबारे बील ल्याउनुपर्छ,’ गोजमुमो अध्यक्ष विनय तामाङले भनेका छन्। उनले पत्रकार सम्मेलन गर्दै भाजपाले प्रतिबद्धता यही शीतकालीन सत्रमा पूरा गर्नुपर्ने भन्दै दवाब दिएका छन्। ‘11 जात गोष्टीलाई जनजातिको मर्यादा दिलाउने बील पनि यही सत्रमा ल्याइयोस्, भाजपा कति गम्भीर छ, यही शीतकालीन सत्रमा थाहा पाइन्छ’ उनले भनेका छन्।
18 नोभेम्बरदेखि शीतकालीन सत्र शुरु हुँदैछ। यसैलाई केन्द्रमा राख्दै गोजमुमोको केन्द्रिय समितिको बैठक हुने र पहाडको राजनैतिक गरिविधि र साङ्गाठानिक चर्चा हुने पनि तामाङले जनाएका छन्।
‘आउँदो सत्रको दुवै सदनमा भाजपाले बील ल्याएको हुनुपर्नेछ,’ उनले भने, ‘दिइएको वचन पूरा गरेन भने सांसदको कार्याकाल बिना उपलब्धी र जनतालाई बोरामा सुताएरै बित्नेछ। बचन पूरा गरेर देखाउन्।’
बङ्गालमा एनआरसी लागू गर्न नदिनेबारे तृणमूल काङ्ग्रेसको अडानमाथि आफूहरूको समर्थन रहेको र एनआरसी प्रभावित गोर्खाहरूलाई कानूनीरूपमा सहयोग गर्ने पनि उनले जनाएका छन्। अर्कोतिर आफूले अनशन बसेकैले चिया श्रमिकहरूले 20 प्रतिशत बोनस पाएको भन्दै उनले 7 वटा श्रमिक सङ्गठनलाई पत्तो नदिएपछि नै आफू अनशन बसेर दवाब दिएको पनि जनाएका छन्।
क्रिसमसको छेक पारेर रहेको 8 प्रतिशत बोनस दिलाउने पनि उनले बताएका छन्।