‘भारत-नेपाल मैत्री सन्धिको धारा 7 बाट भारतीय नेपालीहरूले भोग्न परेका समस्या र उत्पन्न परिस्थितिको हल गर्न प्रबुद्ध समूहले कस्तो पाइला चाल्नेछ?’  

 

खबरम्यागजिन प्रतिनिधि

काठमाडौँ, 25 मई 2017


नेपाल पुगेका भारतीय नेपाली साहित्यकारहरूले ‘नेपाल-भारत सम्बन्ध प्रवर्धनमा 1950 को शान्ति तथा मैत्री सन्धिको सान्दर्भिकता’ भन्ने विषयमा भएको विमर्शमा विभिन्न प्रश्नहरू उठाएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको निम्तोमा प्रतिष्ठानको हीरक जयन्तीमा मनाउन 11 सदस्यीय भारतीय नेपाली साहित्यकारहरूको टोली पुगेको थियो।

विमर्शमा सहभागिता दिँदै युवा आलोचक रूपेश शर्माले आठ सदस्यीय भारत-नेपाल प्रबुद्ध समूहका नेपाल प्रमुख तथा नेपालका लागि पूर्व भारतीय राजदूत डा. भेषबहादुर थापालाई दुईवटा महत्वपूर्ण प्रश्न राखे।

‘भारत-नेपाल मैत्री सन्धिको धारा 7 बाट भारतीय नेपालीहरूले भोग्न परेका समस्या र उत्पन्न परिस्थितिको हल गर्न प्रबुद्ध समूहले कस्तो पाइला चाल्नेछ?,’  विमर्श अवधी शर्माले थापालाई सोधे, ‘किन भारतीय नेपाली साहित्य प्रवाहमय रूपमा नेपाल आउन सक्दैन? दिल्लीबाट एक केजी किताब नेपाल आउन आठ रुपियाँ मात्र लाग्छ भने नेपाल सिमाना नजिकको सिलगढ़ी शहरबाट ट्रान्सपोर्टमार्फत नेपाल पठाउँदा किन प्रति केजी 80 रुपियाँ लाग्छ?’

यसबारे बोलिरहेका वक्ताहरूले दुई देशको सन्धि पुनरावलोकन गर्दा यी कुराहरूलाई विशेष ध्यान दिइने बताएका छन्।

अर्को एउटा अन्तरक्रिया कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पनि यस मुद्दामाथि भारतीय साहित्यकारहरूले राखेका जिज्ञासा र चिन्ताबारे स्पष्टीकरण एवं नेपालबाट भइरहेका पहलहरूबारे जानकारी गराएका थिए।

‘नेपाल-भारत वाणिज्य सन्धिमा यो कुरा उल्लेख छ,’ कुलपति उप्रेतीले भने, ‘सन्धिमा यस विषयमा समाधान हुनेगरी संशोधनको तयारी भइरहेको छ।’

भारतीय दूतावास र नेपाली दूतावास पनि यसप्रति गम्भीर रहेको उनको भनाइ थियो। उप्रेतीले भारतको साहित्य अकादमीसँग नेपाल प्रज्ञा प्रतिष्ठानले एउटा सम्झौता-पत्रमा हस्ताक्षर गर्दा नै यो कुरा उठान गरेको पनि बताए।

“भारतीय नेपालीहरूले भारत राष्ट्रनिर्माण र सुरक्षामा महत्वपूर्ण योगदान दिएका छन्। आफ्नै स्वाभिमानका साथ तपाईंहरूले गरिरहनुभएका काम हामीले महत्वका साथ हेरेका छौं,’ प्रज्ञाले राखेको परिचय आदान-प्रदान कार्यक्रममा उप्रेतीले अझ भने, ‘यसैले हामीले भारतको साहित्य अकादमीसँग सम्झौता-पत्रमा हस्ताक्षर गर्दा प्रत्येक दुई वर्षमा भारत र नेपालमा हुने साहित्यिक ठूला सम्मेलनहरू भारतीय नेपाली बाहुल्य रहेका ठाउँमा गरिनुपर्छ भन्ने अड़ान लिएका छौं। हामीले सम्झौता-पत्रमा तपाईंहरूका चिन्तालाई विशेष महत्वका साथ राखेका छौं। यसलाई कार्यकर गर्न तपाईंहरूले पनि सहयोग गरिदिनुपर्छ।”

उल्लेखनीय छ, 2 फरवरी, 2012 मा भारतको साहित्य अकादमी र नेपाल प्रज्ञा प्रतिष्ठानबीच एउटा सम्झौता-पत्रमा हस्ताक्षर भएको छ, जहाँ नेपालबाट नेपाल एकाडेमीका तत्कालीन भाइस चान्सेलर गङ्गाप्रसाद उप्रेती र भारतबाट साहित्य अकादमीका तत्कालीन उपाध्यक्ष डा. विश्वनाथ प्रसाद तिवारीले हस्ताक्षर गरेका छन्।

पाँचवटा धारा र 13 वटा उपधारा रहेका यो सम्झौता-पत्रमा दुवै देशका भाषा-साहित्य अनि अनुवादहरूको विकास, एक-अर्काका देशमा साहित्यिक-सांस्कृतिक, बौद्धिक, प्राज्ञिकलाई गतिविधिलाई प्रोत्साहन गर्ने अनि कम्तीमा दुई वर्षमा एकपल्ट दुवै देशमा बृहत् साहित्यिक सम्मेलन गर्ने प्रवाधानहरू रहेका छन्।

सम्झौताको पाँचौं धारामा प्रत्येक पाँच वर्षमा यो सम्झौता स्वतः नवीकरण हुने अनि आवश्यक परेको खण्डमा यसमा दुवै संस्थानका सल्लाह र परामर्शमा संशोधन अनि नयाँ प्रावधानहरू थप्ने व्यवस्थासमेत गरिएको छ।

भारतीय साहित्यकारहरूले वाणिज्य सन्धिमा सिर्जनात्मक कृतिहरूको आदान-प्रदानमा बाधारहित प्रवाह सुचारू बनाउनका लागि पहल गरिदिन प्रज्ञा प्रतिष्ठानका कुलपति र प्रज्ञा सभासँग आग्रह गरेका थिए।

कार्यक्रम अवधि र प्रज्ञा प्रतिष्ठानका कुलपतिसँगको छुट्टाछुट्टै भेटघाटमा केही महत्वपूर्ण कुराहरू उठान गरेको छ। खासगरी, भारतीय साहित्यिक कृति, सिर्जना र अन्य रचनात्मक सामग्रीहरू आदान-प्रदानमा भन्सारमा देखिएका कठिनाइहरूबारे भारतीय प्रतिनिधिहरूले निकै गम्भीरताका साथ प्रश्न राख्दै यसको हल गरिनुपर्ने कुरामा जोड़ दिएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन