ममता व्यानर्जीले बङ्गालमा रोहिङ्ग्यालाई पश्रय दिइरहेको विजयबर्गीयको आरोप

कोलकाता, 14 नोभेम्बर


भाजपाका महासचिव अथवा प्रदेश भाजपाका केन्द्रिय प्रभारी कैलास विजय वर्गीयले रोहिङ्ग्याबारे ममता व्यानर्जीमाथि टिप्पणी गरेका छन्। बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाको वयानमाथि ट्वीट गर्दै उनले भनेका छन् , ‘रोहिङ्ग्या मुस्लिमहरूबाट बङ्गलादेश चिन्तित छ, तर ममता व्यानर्जीले भोट व्याङ्कको लागि पश्रय दिइरहेकी छन्।’

बङ्गलादेशका प्रधानमन्त्रीले रोहिङ्ग्यालाई पश्रय दिइरहेका व्यानर्जी विरुद्ध केही नबोलेको भन्दै व्यानर्जीले भोट व्याङ्कको लागि पश्चिम बङ्गालमा  रोहिङ्ग्यालाई पश्रय दिइरहेको आरोप लगाएका छन्। रोहिङ्ग्यालाई उनले देशको लागि खतरा बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया