एउटा पश्चिम बङ्गालमा दुइवटा सरकार

‘राज्यमा सामानान्तर सरकार चलाउन खोज्नु र भाजपाको कार्यकर्ताको भूमिका निर्वाह गर्नको लागि उनीहरूलाई चुनिएको होइन,’ उनले भनिन्,’सङ्घीय ढाचाअनुसार संविधानले दिएको क्षमतामा बसेर काम गर्नुपर्ने हो। सरकारलाई काम गर्न दिइनुपर्छ। हस्तक्षेप गर्न उचित होइन।’


कोलकाता , 15 नोभेम्बर


राज्यपाल जगदिप धनखड़ अनि मुख्यमन्त्री ममता व्यानर्जीबीचको भनाभन सेलाउने छनक छैन।  राज्यपालको नाम नलिई मुख्यमन्त्रीले भनिन्, ‘तपाईँहरू देख्दैहुनुहुन्छ, उनी राज्यमा सामानन्तर सरकार चलाउने कोशिश गरिरहेका छन्।’

महाराष्ट्र विधानसभा चुनाउपछि राज्यपाल भगत सिंह कोश्यारीले राष्ट्रपति शासन चलाउनबारे गरेको गतिविधिलाई इङ्गीत गर्दै उनले भनिन्, ‘केही मानिसहरू संवैधानिक पदमा बसेर भाजपाको मुखपत्रजस्तो काम गरिरहेका छन्।’

उनको झटारो सोझै जगदिप धनखडतिर थियो। व्यानर्जीले भनिन्, ‘उनीहरू राज्यमा सामानन्तर सरकार चलाउने अभ्यासमा छन्। उनीहरू आफ्नो कार्य क्षेत्रको दायराबाट निस्किएर यस्तो काम गरिरहेका छन्। उनीहरूले केन्द्र सरकारको ठाउँ लिनु हुन्न। केन्द्रले पनि यस्तो गतिविधि गर्नेहरूलाई सतर्क गराउनुपर्ने हो।’

व्यानर्जीअनुसार संवैधानिक पदमा बस्नेहरूमाथि आफूले कहिल्यै टिप्पणी गरेकी छैनन् तर अहिले संवैधानिक पदमा बस्नेहरू नै भाजपाको कार्यकर्ताको भूमिकामा देखिएपछि टिप्पणी गर्न कर लागेको हो।

‘राज्यमा सामानान्तर सरकार चलाउन खोज्नु र भाजपाको कार्यकर्ताको भूमिका निर्वाह गर्नको लागि उनीहरूलाई चुनिएको होइन,’ उनले भनिन्,’सङ्घीय ढाचाअनुसार संविधानले दिएको क्षमतामा बसेर काम गर्नुपर्ने हो। सरकारलाई काम गर्न दिइनुपर्छ। हस्तक्षेप गर्न उचित होइन।’

महाराष्ट्रमा मङ्गलवार राष्ट्रपति शासन लगाइएको थियो। यसअघि कोश्यारीले केन्द्र सरकारलाई पठाएको रिपोर्टमा स्थिर सरकार अहिलेको स्थितिमा सम्भव नरहेको बताएको थियो। विपक्षले यसको व्यापक विरोध गरेको थियो।

पश्चिम बङ्गालका राज्यपाल जगदिप धनखड़ले जुलाईको अन्तमा कार्यभार सम्हालेदेखि नै  तृणमूल सरकारसित निक्कै कटाक्ष गरिरहेका छन्। यसै सन्दर्भमा व्यानर्जीले उनलाई लक्ष्य गर्दै टिप्पणी गरेकी हुन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया