राजु विष्टले दिने शीतकालीन सत्रमा खुशीको खबर : अहिले नै भन्यौं भने जनतालाई त्यतिखेर मजा आउँदैन भनेर नभनेका हौं- सन्दिप लिम्बु

‘सासंद राजु विष्टले शीतकालीन सत्रबाट हामीलाई ‘सरप्राइज’ दिने बचन दिएका छन्,’ लिम्बुले भने, ‘त्यो दार्जीलिङको लागि खुशीको कुरा छ।  अहिले नै खुलासा गरियो भने त जनतामा खुशीको मजा नै हराउने छ। जनताले पनि खुशीको मजा लिउन् भनेर खुलासा नगरेको हो।’


दार्जीलिङ, 15 नोभेम्बर


शीतकालीन सत्रमा दार्जीलिङले खुशीको खबर पाउने गोरामुमोले किटान गरेको छ। गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका सचिव लिम्बुले 18 नोभेम्बरदेखि शुरु हुने शीतकालीन संसद सत्रबाट दार्जीलिङको लागि खुशीको खबर आउने किटान गरेका हुन्।

उनलाई पत्रकारहरूले सोधे, ‘कस्तो खुशीको खबर हो त्यो?’

त्यसको जवाब तर सन्दिर लिम्बुले दिएनन्।

एउटा प्रतिनिधि टोली केही दिन अघि सांसद राजु विष्टलाई भेट्न दिल्ली गएको थियो। दिल्लीबाट फर्किएपछि नै गोरामुमो नेताहरूले केही अस्पष्ट तर आशापूर्ण वयान दिइरहेका छन्।

हिजो मन घिसिङ र अजय एडवर्डले पनि त्यस्तै सङ्केत गर्दै खुशीको खबर आउने बताएका थिए। सन्दिप लिम्बुले पनि त्यस्तै छनक दिए। तर गोरामुमोका नेताहरूले कस्तो खुशीको खबर आउने हो, त्यो चाँही पटक्कै खुलाएका छैनन्।

एकातिर भाजपाले छुट्टै राज्य गोर्खाल्याण्डको नाम नलिई ‘स्थायी राजनैतिक सामाधान’ भनिरहेको छ। यता गोरामुमो नेताहरूले शीतकालीन सत्रबाट ‘खुशीको खबर आउँछ है’ भनिरहेका छन्।

छुट्टै राज्य बाहेकको खुशीको खबर आउने हो कि, 11 जातलाई जनजातिको मर्यादा दिलाउने आश्वासन आउने हो कि पक्कापक्की मुद्दाहरूको छिनाफाना भएको खबर आउने हो, गोरामुमो नेताहरूले खुलाएका छैनन्।

आफूहरूलाई थाहा भएको तर खुलेर बोल्न असुविधा रहेकोजस्तो अभियनय गर्दै गोरामुमो नेताहरूले खुशीको खबर आउने रट लगाइरहेका छन्।

‘सासंद राजु विष्टले शीतकालीन सत्रबाट हामीलाई ‘सरप्राइज’ दिने बचन दिएका छन्,’ लिम्बुले भने, ‘त्यो दार्जीलिङको लागि खुशीको कुरा छ।  अहिले नै खुलासा गरियो भने त जनतामा खुशीको मजा नै हराउने छ। जनताले पनि खुशीको मजा लिउन् भनेर खुलासा नगरेको हो।’

भाजपाले दुइवटा मुद्दा काँधमा लिएको छ। स्थायी राजनैतिक सामाधान र 11 जातलाई जनजातिको मर्यादा। यी दुइमा कुन मुद्दा छिनाफाना हुने हो त? I गोरामुमोको हर्कबडाई र आत्मविश्वास हेर्दा दार्जीलिङले गतिलै खुशीको खबर पाउने छाँटकाँट देखापरेको छ।

जनताले शीतकालीन सत्र पर्खिएका बसेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन