‘हामीले त राजु विष्टलाई दवाब दिइरहेका छौं, उनीहरूले पनि ममता व्यानर्जीलाई दवाब दिउन्’

‘उनीहरूले ( विनय तामाङहरूले) ममता व्यानर्जीलाई चौरस्तामा भनेको स्थायी सामाधान के हो, त्यसको नाम स्पष्ट पारुन्, र दवाब दिउन्’ छेत्रीले भनेका छन्, ‘राजु विष्ट र भाजपाले पनि स्थायी राजनैतिक सामाधान के हो स्पष्ट पारुन्।’


कालेबुङ, 16 नोभेम्बर


क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी  फेरि विनय खेमा मोर्चा र तृणमूल काङ्ग्रेसमाथि खनिएको छ। क्रामाकपा प्रवक्ता गोविन्द छेत्रीले प्रश्न गरेका छन्, ‘चुनाउबेला चौरास्तामा मुख्यमन्त्री ममता व्यानर्जीले पहाडको समस्याको स्थायी सामाधान गर्छु भनेकी थिइन्, खै त गरेको?’

पहाडको स्थायी राजनैतिक सामाधान गर्ने भनेपछि नै आफूहरूले भारतीय जनता पार्टीलाई चुनाउमा सहयोग गरेको अनि अहिले स्थायी राजनैतिक सामाधानको लागि सांसद राजु विष्टलाई चाप दिने काम गरिरहेको दाबी गर्दै उनले भने, ‘हामीले त सहयोग गरेको दलका सांसद राजु विष्टलाई दवाब दिइरहेका छौं। तृणमूल काङ्ग्रेसलाई सहयोग गर्नेहरूले खै दवाब दिएको?’

छेत्रीअनुसार मुख्यमन्त्री ममता व्यानर्जीले पनि पहाडको स्थायी राजनैतिक सामाधान गर्छु भनेकी थिइन्, तर तृणमूल काङ्ग्रेसलाई चुनाउमा सहयोग गर्ने विनय तामाङ खेमा मोर्चाले ममता व्यानर्जीलाई सामाधानको लागि दवाब दिइरहेको छैन।

‘हामी राजु विष्टलाई दवाब दिन्छौं, उनीहरूले पनि ममता व्यानर्जीलाई दवाब दिनुपर्छ,’ छेत्रीले भनेका छन्, ‘ताकी राज्य सरकारले स्थायी राजनैतिक सामाधानको लागि केन्द्रलाई सहमति दिउन्। बील पास गर्नमा सहयोग पुऱ्याउन्।’

उनीअनुसार शीतकालीन सत्रमा स्थायी राजनैतिक सामाधान हुनुपर्छ भनेर मात्र पुग्दैन, त्यसलाई बल पुऱ्याउन मुख्यमन्त्री ममता व्यानर्जीले पनि केन्द्रलाई सहमति दिनुपर्छ। यसका लागि मुख्यमन्त्रीलाई चुनाउमा तृणमूललाई समर्थन गरेर भोट दिने पार्टीलेहरूले दवाब दिनुपर्छ।

‘उनीहरूले ( विनय तामाङहरूले) ममता व्यानर्जीलाई चौरस्तामा भनेको स्थायी सामाधान के हो, त्यसको नाम स्पष्ट पारुन्,’ छेत्रीले भनेका छन्, ‘राजु विष्ट र भाजपाले पनि स्थायी राजनैतिक सामाधान के हो स्पष्ट पारुन्।’

छेत्रीलाई लाग्दैन कि स्थायी राजनैतिक सामाधान आज भोलि नै हुनेछ। आजभोलि नै सामाधान हुनुपर्छ भन्ने पनि छैन। यसको निम्ति धैर्य राख्नुपर्ने छेत्रीको बुझाई छ।

‘हामीले त स्थायी राजनैतिक सामाधानलाई गोर्खाल्याण्ड राज्य नै बुझेका छौं,’ छेत्रीले भनेका छन्, ‘तर भाजपाले स्थायी राजनैतिक सामाधान के हो त्यो स्पष्ट पार्नुपर्छ। छुट्टै राज्यबाहेक कुनै पनि व्यवस्थाले राष्ट्रीय पहिचान र सुरक्षाको प्रश्न पूरा गर्दैन।’

दागोपाप, जिटिए, विफल भइसकेको र छैटौं अनुसूची जनताले नकारिसकेको भन्दै छेत्रीले भनेका छन्, ‘बोडोल्याण्डलाई बोडोल्याण्ड काउन्सिल दिएको छ। तर उनीहरूले अझै पनि राज्यको माग गरिरहेका छन्। विष्टमाथि हाम्रो भरोसा छ। मौकामा कुरा राख्नेछन्। हामी गृहमन्त्री, प्रधानमन्त्रीसित बैठक बस्न तयार छौं। इमान्दारसित विष्टले काम गरुन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया