
एक पफ
चुरोटको धुवाँ
आकाशमा
बिलाएजस्तै
मुटु छोएर
फर्किएको यो सास
कता बिलायो बिलायो
म बिलाएँ तिमीभित्र
नसोध मलाई
तिम्रोलागि म कहाँ छु
तिमी आफैलाई छाम
आफैलाई हेर
पत्ता लगाउ
कति दुखेछ
कति आराम भएछ
पत्ता लगाउ
कहाँ दुखेछ
कहाँ आराम भएछ
र नाप मेरो माया
प्रिय नसोध कति माया गर्छौ
म त तिमीभित्र हराइसकेको छु।
-कलाकार-कवि, काठमाडौं नेपाल