सिक्किमे गायक प्रितम राई भए नर्थ इस्ट आइडल सिजन-1 को विजेता

 गान्तोक, 17 नोभेम्बर। पूर्वोत्तर भारतका संगीत प्रतिभाहरूको निम्ति स्थापित रियालिटि सो नर्थ इष्ट आइडल सिजन-1 को ग्राण्ड फिनालेले सिक्किमका युवा गायक प्रितम राईलाई विजेता घोषित गरेका छ। 26 वर्षीया प्रितम राईले नर्थ इष्ट आइडल 2019 को टाइटल जित्न सफल भएको छ। उनी पूर्व सिक्किमको रिगु गाउँ निवासी हुन्।  शनिबार अरूणाचल प्रदेशको राजधानी इटानगरमा  सम्पन्न भएको ग्राण्ड फिनालेमा उनले यो टाइटल जितेका हुन्। गत 17 अगस्तदेखि शुरु भएको यो प्रतियोगितामा सिक्किमे गायिका तथा संगीत साधक सुश्री रेमन्ती राईले प्रतियोगितामा प्रितमलाई संगीत सिकाएकी थिइन्। पूर्वोत्तर भारतको चर्चित गायक जुविन गर्ग मुख्य सल्लाहकार रहेको यो प्रतियोगितामा सिक्किमे गायिका रेमन्ती राई, मेघायलका गायक तथा इण्डियन आइडल उपविजेता अमित पाल र अरूणाचल प्रदेशका लिडेन्ड्री गायक जेम्स बिज्नो नबाम निर्णायक रहेको यो प्रतियोगिता पूर्वोत्तर भारतकै एक सम्मानित प्रतियोगिताको रूपमा अघि आएको छ भने यसको प्रसारण दुरदर्शनको अरूणप्रभा च्याऩलले गरेको छ। उऩले आफ्नै गाउँमा  भोइस अफ लामपोखरीको पहिलो विजेता रहेका थिए भने राज्य स्तरमा रहेको हिमाली प्रतिभाको खोज सिजन-1 को पनि उनी विजेता हुन्। आफूले कुनै आधिकारिक संगीतको शिक्षा नलिए पनि आफ्नै पापाको बाँसुरी वादनबाट उनले प्रेरणा लिएर संगीतलाई अघि बढाएको बताउने प्रितमले पापा नै संगीत यात्राको निम्ति गुरु सरह रहेको आफ्नो एउटा अन्तवार्तामा बताएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया