‘राजु विष्टको काम शीतकालीन सत्रमा प्रश्न उठाउनु होइन, बील पास गर्नु हो’

‘सुन्दैछु, शीतकालीन सत्रमा राजु विष्टले 11 जातलाई जनजाति बनाउनेबारे प्रश्न उठाउने रे, तर प्रश्न उठाइरहने होइन, विष्ट र भाजपाको काम  त यसै सत्रमा दुवै मुद्दाको बील नै ल्याउनु हो,’ तामाङले भनेका छन्, ‘यदि भाजपा र राजु विष्ट गोर्खाहरूको मुद्दामा साँच्ची कै इमान्दार छन् भने दुवै वटा मुद्दाको प्रस्ताव पारित गर्नेछन्, इमान्दार छैन भने केवल प्रश्न उठाएर जनतालाई फेरि बोरामा सुताउने छन्।’


दार्जीलिङ, 18 नोभेम्बर


‘दार्जीलिङका सांसद राजु विष्टले शीतकालीन सत्रमा प्रश्न गर्नु होइन, 11 जातलाई जनजातिको मर्यादा दिलाउन र छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्ने बिल ल्याउनुपर्छ,’ गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले यसो भनेका छन्। अहिले सबैको दृष्टि शीतकालीन सत्रमा परेको छ। पहाडका दलहरूले भाजपाले मेनिफेस्टोमा उल्लेख गरेका गोर्खाहरूको मुद्दाबारे कुनै पहल गर्ने आशा साँचेका छन्। यता गोरामुमोले त शुभ खबरै आउने घोषणा गरिसकेको छ। गोरामुमो नेताहरू त्यसैबारे जनतामा विमर्श गर्न भन्दै गाँउबस्ती पनि पस्न थालेका छन्।

क्रामाकपाले पनि राजु विष्टमाथि चाप बनाइराखेको छ। यस्तोमा विनय तामाङले पनि विष्टले आफ्नो इमान्दारिता देखाउने समय आएको बताएका छन्।

‘सुन्दैछु, शीतकालीन सत्रमा राजु विष्टले 11 जातलाई जनजाति बनाउनेबारे प्रश्न उठाउने रे, तर प्रश्न उठाइरहने होइन, विष्ट र भाजपाको काम  त यसै सत्रमा दुवै मुद्दाको बील नै ल्याउनु हो,’ तामाङले भनेका छन्, ‘यदि भाजपा र राजु विष्ट गोर्खाहरूको मुद्दामा साँच्ची कै इमान्दार छन् भने दुवै वटा मुद्दाको प्रस्ताव पारित गर्नेछन्, इमान्दार छैन भने केवल प्रश्न उठाएर जनतालाई फेरि बोरामा सुताउने छन्।’

जम्मु कस्मीरको मुद्दाबारे जसरी भाजपाले निर्णय गऱ्यो, दार्जीलिङ पहाडको मुद्दाबारे पनि उसरी नै निर्णय गर्नुपर्ने तर अहिलेसम्म पहाडको मुद्दालाई सम्बोधन नै नगरेर भाजपाले जनतालाई बोरामा सुताइरहेको भन्दै तामाङले कटाक्ष गरेका छन्।

‘संसदमा प्रश्न मात्र उठाउनु त ठूलो कुरा रहेन। प्रस्ताव नै पारित गरेर जनतालाई दिएको वाचा विष्ट र मोदीले पुरा गरुन्,’ तामाङले भनेका छन्।

तामाङले राजु विष्टलाई शङ्का पनि गरेका छन्। उनीअनुसार भाजपाले प्रतिबद्धता जनाइसकेपछि अब उसको काम प्रस्ताव पारित गर्नु हो। तर त्यसो नगरेर संसदमा फेरि प्रश्नै उठाइरनु ,नदिने बज्यैले आइतबार बारेजस्तो हो। ‘11 जातलाई जनजाति बनाउन भाजपाले पहिल्यै काम सकिसकेको भनिरहेको छ,’ तामाङले भने, ‘फेरि संसदमा जनजाति मामिला मन्त्रीलाई प्रश्न गर्नुपर्ने वाध्यता कसरी आयो? पहाडका जनतामाथि विश्वासघात गर्ने छनक त होइन यो?’

प्रश्न उठाएर ‘मैले कुरा उठाएँ’ भन्दै जनताको सहानुभूति बटुल्ने खेलदेखि जनता अनभिज्ञ नरहेको भन्दै तामाङले, यसपालि सांसदले प्रश्न नउठाएर बील नै पारित गर्नुपर्ने जनाएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया