सासंद राजु विष्टले सदनमा भने दागोपाप र जीटीए फेल स्थायी समाधानको निम्ति त्रिपक्षीय वार्ता हुनुपर्छ

विज्ञापन

नयाँ दिल्ली  18 नोभेम्बर। भारतको सांसदको शीतकालिन सत्रको पहिलो दिन नै भारतीय गोर्खाहरूको राजनीतिक एवं संवेदनासित जोडिएको स्थायी राजनीतिक समाधानका मुद्दा उठ्यो। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले सदनमा आफ्नो कुरा राख्दै स्थायी राजनीतिक समाधानको बाटो पैल्याउन पश्चिम बङ्गाल सरकार, केन्द्र सरकार र क्षेत्रीय प्रतिनिधिहरूबीच चाँडै त्रीपक्षीय वार्ता शुरु गर्नुपर्ने सदनमा माग राखे। उनले 1986-सालदेखिको गोर्खाल्याण्ड मागको बेलीविस्तार लगाउँदै 1986-देखि 2017सम्म भएको तीन चरणमा भएको गोर्खाल्याण्ड आन्दोलनको मुख्य माग नै छुट्टै राज्य गोर्खाल्याणको निम्ति रहेको सदनलाई अवगत गराए। सरकारद्वारा यो आन्दोलनको समाधानको बाटो खोज्ने प्रयासमा दुईवटा सेमी अटोनमस बडी दागोपाप र जीटीए गठन गरेको तर दुवै असफल भएको सदनलाई अवगत गराए। यस अर्थमा उनले छुट्टै राज्यको लम्बित माग पूरा गर्न स्थायी राजनीतिक समाधानको पक्षमा काम गर्नुपर्ने माग गरे। उनले प्रस्तावित गोर्खाल्याण्ड क्षेत्र राष्ट्रिय सुरक्षाको दृष्टिले संवेदनशील चिकन नेक क्षेत्रमा पर्ने भएकोले पूर्वोत्तर भारतलाई मूलधार सित जोड्न महत्वपूर्ण भूमिका रहेको पनि अवगत गराए। उनले क्षेत्रको आर्थिक प्रगति र विकासको कमिले गर्दा अवैधानिक क्रियाकलापहरूबारे क्षेत्र संवेदनशील बन्दै गएको सदनलाई जानकारी दिए। उनले सदनद्वारा चाँडै जनताको लम्बित माग बारे त्रिपक्षीय वैठक आयोजन गर्नुपर्ने बताए। उनले सदनपछि प्रेस बयान जारी गर्दै केन्द्र सरकारले क्षेत्रको स्थायी राजनैतिक समाधानको निम्ति पहल गर्नेछ भन्ने विश्वास रहेकोछ भन्ने पनि बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया