बीपी बजगाईँले दिए बिनोय-अनित अनि शान्ताहरूलाई होमवर्क : भने-बङ्गालले गोर्खाल्याण्डको प्रस्ताव कहिले ग्रहण गर्छ?

प्रतिक्रिया

दार्जीलिङ पहाडमा राजनैतिक नौटङ्की देखाउनेहरूको कारणले भने यहाँको जनतामा भ्रम फैल्याउने काम हुँदैछ। संसद सत्र शुरु हुन अघि बिनोय तामाङहरूले उनीहरू आफैले राजनैतिक रूपले तुहाउने कोशिष गरेको गोर्खाल्याण्डको माग गर्नु, गोर्खाल्याण्ड सम्बन्धमा पत्राचार गर्ने वक्तव्य दिनु जस्ता कुराहरू आफैमा हास्यास्पद, राजनैतिक बौलाहापन हो।


बीपी बजगाईँ, प्रवक्ता, गोजमुमो (1)


“डीजीएचसी अनि जीटीए जस्ता अर्ध स्वायत्त निकायहरूले १९८६-८८, २०१३-१४ अनि २०१७ मा अलग गोर्खाल्याण्ड राज्यको मागको रूपमा उठेको स्थायी राजनैतिक समाधानको मुद्दालाई सम्बोधन गर्न सकेन। यस भूभागमा भएको चिकन नेक जस्तो संवेदनशील क्षेत्रसँग जोडिएको राष्ट्रिय सुरक्षा, विकास अनि खस्कदो अर्थतन्त्रलाई ध्यानमा राखेर जनताको लामो समयदेखि लम्बित स्थायी राजनैतिक समस्याको निदान गरिनु पर्छ।”

१८ नोभेम्बर २०१९ -को दिन सांसद राजु विष्टले सदनमा राखेको वक्तव्यको सार हो माथि दिइएको अंश। उनको भनाईको सोझो अर्थ स्पष्ट छ। सांसदले यति भन्दैमा उनको जिम्मेवारी सकिएको हुँदैन। तर हामीलाई थाहा छ सांसदले आफ्नो जिम्मेवारी राम्ररी बुझेका छन्। गोर्खा जनमुक्ति मोर्चा सांसद राजु बिष्टलाई धन्यवाद टक्राउँदछ अनि भविष्यको उनको जिम्मेवारी अझै गतिशील बन्ने कुरामा विश्वास राख्दछ।

तर दार्जीलिङ पहाडमा राजनैतिक नौटङ्की देखाउनेहरूको कारणले भने यहाँको जनतामा भ्रम फैल्याउने काम हुँदैछ। संसद सत्र शुरु हुन अघि बिनोय तामाङहरूले उनीहरू आफैले राजनैतिक रूपले तुहाउने कोशिष गरेको गोर्खाल्याण्डको माग गर्नु, गोर्खाल्याण्ड सम्बन्धमा पत्राचार गर्ने वक्तव्य दिनु जस्ता कुराहरू आफैमा हास्यास्पद, राजनैतिक बौलाहापन हो।

सांसद राजुले त सदनमा गर्नु पर्ने आफ्नो जिम्मेवारी निभाउँदैछन्। अब हामी बिनोय-अनित अनि शान्ताहरूलाई होमवर्क दिन्छौं।

१. राज्यसभा सांसद शान्ता छेत्रीले पनि राज्यसभामा गोर्खाल्याण्डको मुद्दा उठाएर देखाउनु।

२. बिनोय-अनितहरूले मुख्यमन्त्री ममता व्यानर्जीलाई भनेर बङ्गाल विधानसभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गर्न लगाएर केन्द्रलाई  पठाउन लगाउनु। प्रस्ताव केन्द्रमा पुगेपछि केन्द्रलाई भनेर त्यसलाई तत्काल लागु गराउने जिम्मेवारी हामी लिन्छौं।

३. यदि बिनोय-अनितहरूले गोर्खाको हीतमा राजनीति गरेको हो भने जसरी हामीले तराई  र डुवर्सलाई लिएर स्थायी राजनैतिक समाधान माग्दैछौँ, त्यसरी नै तराई र डुवर्सको जनताको आकांक्षालाई लिएर अघि बढ्नु, केवल पहाडको बिकासको राग अलापेर उत्तर बङ्गालको गोर्खाको हीत हुँदैन भनेर बुझ्नु।

४. बिनोय-अनितहरूले साँच्चै गोर्खाल्याण्ड चाहन्छौ भने बंगभंग होबेना भन्ने तृणमूल सरकारको विरुद्ध आफ्नो आफ्नो राजनैतिक अभियान शुरु गरेर देखाउनु, तर त्यही तृणमूल पार्टीको पुच्छर भएर गोर्खाल्याण्ड जस्तो पवित्र शब्दलाई उच्चारण गरेर अपवित्र नबनाउनु।

५. मुख्यमन्त्री ममता व्यानर्जीले जनवरी २०१९ मा चौरस्ताको भाषणमा भनेको “गोर्खाको जातीय पहिचान अनि राजनैतिक सुरक्षाको समाधान” को अर्थ के हो अनि अहिलेसम्म किन दिन सकेको छैन भनेर नवन्नमा सोधेर जनतालाई उत्तर दिनु।

६. सांसद राजु बिष्टले मई २०१९ मा भनेको पुरा गरेन भनेर बाटो छेक्ने अनि आक्रमण गर्नेहरूले ममता व्यानर्जीले जनवरी २०१९ मा भनेको नपुऱ्याएपनि प्रश्न नगरेर स्वागत गर्ने २ नम्बर मोर्चाको चरित्र के हो जनतालाई बुझाउनु।

७. अब मुख्यमन्त्रीको निकटमा रहेको बिनोय-अनित-शान्ताहरूले बताउनु कि बङ्गालले गोर्खाल्याण्डको प्रस्ताव कहिले ग्रहण गर्छ।

८. सांसद राजु बिष्टले सदनमा उठाएका मुद्दाहरूले उनकै पार्टीको समेत समर्थन पाएन भनेर ठुकुवा गर्ने राज्यसभा सांसद शान्ता छेत्रीले आफैले चैं कहिले सदनमा गोर्खाल्याण्डको माग उठाउने हुन् भनि जनता जान्न चाहन्छन।

म यसै विज्ञप्तिमा यो पनि बताउन चाहन्छु कि संसद्को सदन कुनै भाँडा कुटीको खेल होइन। यसैले यहाँ जिरो आवरको पनि त्यति नै महत्व छ जति प्रश्नकालको छ। सांसद राजुले यो मुद्दा चौरस्तामा उठाएका होइनन्, सदनमा उठाएका हुन्। चौरस्तामा ममता व्यानर्जीले बोल्दा ‘ममता व्यानर्जी भी दे सकती है गोर्खाल्याण्ड भनेर वक्तव्य दिने आलोकहरू भएको पार्टीका मान्छेहरूले सांसद राजुले सदनमा बोल्दा जिरो आवर भन्दै जनतामा भ्रम उत्पन्न गराउनु हास्यास्पद मात्र नभएर दुख्दायक कुरा पनि हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन