जीएसएसएसले गऱ्यो गोर्खाको राजनैतिक स्थायी समाधानको माग गर्दै जन्तरमन्तरमा प्रदर्शन गोर्खाल्याण्ड गठन र एनआरसीबारे स्पष्ट अडान अघि ल्याउनुपर्ने माग

विज्ञापन

जनआकांक्षा र जनाधिकारलाई मध्यनजर राख्दै  केन्द्र सरकार अनि जनादेश लिएर आएको हाम्रो प्रतिनिधि हाम्रा सांसद राजु विष्टले आफ्नो पक्ष स्पष्ट गर्नुपर्छ अनि यो शीतकालीन सत्रमा नै गोर्खाहरुको स्थायी राजनैतिक समाधान अथवा छुट्टै राज्य गोर्खाल्यान्डको पहल शुरु गरेको हुनुपर्छ।


नयाँ दिल्ली, 19 नोभेम्बर।  भारतको राजधानी नयाँ दिल्लीको जन्तर मन्तरमा गोर्खाल्याण्ड संघर्ष समिति (जीएसएसएस) ले गोर्खाहरूको राजनैतिक मागको स्थायी समाधानको माग गर्दै हिजो 18 नोभेम्बरको दिन सांकेतिक धर्मा प्रदर्शन गऱ्यो।

उक्त धर्ना विशेष गरेर दुई वटा प्रमुख मांग लिएर गरिएको थियो जसमा पहिलो मांग स्वरूप बिगत लोकसभा चुनाव अवधि भाजपा द्वारा आफ्नो मेनिफेष्टोमा लेखिएको गोर्खाहरुको स्थायी राजनैतिक समाधान मात्र छुट्टै राज्य गोर्खाल्यान्ड हो, गोर्खाल्यान्ड भन्दा अरु कुनै विकल्प वा समाधान गोर्खाहरु को निम्ति स्थायी हुनै सक्दैन भन्ने रहेको थियो। जीएसएसएसका अध्यक्ष किरण बिकेले प्रेस बयान जारी गर्दै भनेका छन्, जनआकांक्षा र जनाधिकारलाई मध्यनजर राख्दै  केन्द्र सरकार अनि जनादेश लिएर आएको हाम्रो प्रतिनिधि हाम्रा सांसद राजु विष्टले आफ्नो पक्ष स्पष्ट गर्नुपर्छ अनि यो शीतकालीन सत्रमा नै गोर्खाहरुको स्थायी राजनैतिक समाधान अथवा छुट्टै राज्य गोर्खाल्यान्डको पहल शुरु गरेको हुनुपर्छ।

उनले भनेका छन्, दोस्रो विषय अहिले गोर्खाल्यान्ड क्षेत्रका गोर्खाहरुलाई एनआरसिको मुद्दाको डर देखाएर मूल मुद्दा देखि पन्छाउने कार्य गरिंदैछ, अहिलेसम्म न त सुप्रीम कोर्टको कुनै आधिकारिक घोषणा आएको छ न त केन्द्रको नै कुनै आधिकारिक बयान छ, तर विभिन्न पक्षले आफ्नो राजनैतिक बयानद्वारा डर देखाउँदै वा कति पक्षले सान्तवना दिंदै गोर्खाहरुलाई उल्झाई राख्ने कार्य नै गरी रहेको छ। अब केन्द्र सरकार ले अनि हाम्रो प्रतिनिधिको तर्फबाट स्पष्टीकरण भएको हुनुपर्छ भनी माग गरेका छन्।  गोर्खाल्यान्ड क्षेत्रबासी गोर्खाहरुलाई एनआरसीको विषय सही कुरो राखेको हुनुपर्छ भनि मन्तव्य व्यक्त गरेका छन्।

यी विषयहरूलाई लिएर संगठनले  प्रधानमन्त्री कार्यालय अनि गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्नका साथै  सांसद राजु विष्टसित पनि भेट गरी सोमबार  संसदमा मुद्दा उठाएकोमा धन्यवाद दिंदै अझ स्पष्ट रूपमा छुट्टै राज्य गोर्खाल्यान्डको मांग उठाउने निवेदन गरेको  विज्ञप्तिमा उल्लेख छ।धनालाई निरन्तरता दिनेबारे संगठनको केन्द्रिय समितिले गोर्खाल्याण्ड पन्थी विभिन्न राजनैतकि दलहरूसत परामर्श लिने निर्णय पनि गरेको बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया