आज छुट्टै राज्य विदर्भको बील पेश गरिने :  राजु विष्ट भने किन गरिरहेका छैनन् गोर्खाल्याण्डको उच्चारण?

कालेबुङ, 22 नोभेम्बर


भारतीय जनता पार्टीकै महाराष्ट्रका सांसद अशोक नेतेले संसदको चलिरहेको शीतकालिन सत्रमा आज छुट्टै विदर्भ राज्य गठनको बीले पेश गर्ने भएका छन्।

लोक सभाको वेभसाइटमा आज 22 नोभेम्बरको लिस्ट अफ विजिनेश मा 26 नम्बरमा उक्त बिल पेश गरिने सुची जारी गरिएको छ। उनले वर्तमान महाराष्ट्रबाट छुट्टिएर संवैधानिक रूपले विदर्भ राज्य गठन गर्नुपर्ने माग गर्दै लोकसभामा शीतकालीन सत्रमा आज आफ्नो निजी बील पेश गर्ने भएका हुन्।

एकातिर छुट्टै विदर्भ राज्य गठनको बील संसदमा पेश हुन लागिरहेको छ यता दार्जीलिङका सांसद भने गोर्खाल्याण्डको नामै उच्चारण गर्न धक्काइरहेका छन्। आज संसदमा पेश हुने विदर्भ राज्य गठनको बीललाई सरकारले समर्थन गर्छ गर्दैन त्यो नै आकर्षणको विषय बनेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन