सन्दर्भ : विदर्भ र गोर्खाल्याण्ड :  खै हाम्रो दवाबी रणनीति?

विज्ञापन

विचार

मेरो सकारात्मक र फराकिलो सोचले भन्छ कि विमल खेमाले सांसदलाई सोचेको जस्तो चाप सृजना गर्नु सकेको छैन। कारण भूमिगत अवस्था, विस्थापित अवस्था र एनडीएको घटक दल भएको नाताले आफ्नै सरकारको विरुद्ध जानु नसकेको अवस्थामा छ।
म जिब्रो नचपाई भन्छु, यदि आजको समयमा विमल गुरुङ र विस्थापित योद्धाहरू विस्थापित नहुनु हो भने खाँटी, आँटी र इमान्दार योद्धाहरूले जानेका थियौं तर दूर्भाग्य आज टेक्ने जमिन छैन। समाउने हाँगा भाजपाले कमजोरी बुझेर बेपर्वाह गरेको जस्तो भान भइरहेकोछ ।


पूर्ण सिंह राई


आज लोकसभामा सांसद श्री अशोक महादेवराव नेटेज्यु ले सिङ्गो महाराष्ट्रबाट अलग राज्य विदर्भको  निम्ति  प्राइभेट विल प्रस्तुत गर्ने छन् ।

यो भन्दा अघि हाम्रो समयमै बिहारबाट अलग्गाएर झारखण्ड राज्य र हैदरावादबाट तेलेङ्गना राज्य बनाइसकेको छ। जो हाम्रो छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको आन्दोलन शुरुवातभन्दा धेरै पछि उठाइएका मुद्दाहरू हुन् ।

यसको धेरै कारणहरू मध्ये प्रमुख कारण हुन् सही समयमा सही रणनीति र कार्यनीतिको कमजोरी। जो गोर्खाल्याण्ड प्रस्तावित क्षेत्रका राजनीतिक पार्टीहरू र अराजनैतिक सङ्घसंस्थाहरूको इच्छाशक्तिको कमजोरीहरू, यहाँ विभिन्न संघसंस्थासँग आबद्ध बुद्धिजीवि, वौद्धिक जमातले एउटा लड्डु जस्तो भएर आवाज उठाएर सांसद र एनडीएको सरकारलाई चाप सृष्टि गर्नु नसक्नु।

पछि काम बिग्रिसकेर चाहीँ हिलोछेपाई गरेर जनतालाई असमञ्जसमा पार्नु पछिपर्दैनन्।

विनय तामाङ र अनित थापाको दलले पनि आफ्नो पार्टीको सभा बसेर एक बुँदे एजेण्डा केवल गोर्खाल्याण्डको रेजुलेशन पारित गरेर सांसदलाई पठाउनुपर्छ।

बेसी नौटङ्की गर्दै जनतालाई असमञ्जसमा पार्ने खेल खेल्नु हुँदैन। क्रामाकपाले पनि गोर्खाल्याण्डप्रति इमान्दार छौं भनी डङ्का पिट्ने काम छोडेर बुनियाँजस्तो छरिएका जनता वा नेताहरूलाई एक शसक्त कार्यक्रम दिनु सक्नुपर्छ।

एनजीसीले पनि यो थिङ्क ट्याङ्क को पगरी खोलेर शसक्त कार्यक्रम लिएर दवाव दिनुपर्छ । गोरामुमोले पनि ११ जात जनजाति भयो कि छैटौँ अनुसूचीको वकालत गर्छु भन्ने च्याँखे दाऊ छोडेर केन्द्र सरकारलाई चाप हुने असरदार कार्यक्रम गर्नुपर्छ ।

जापको अध्यक्षज्यूले पनि सबै भुलेर छुट्टै राज्य गोर्खाल्याण्ड प्रति निष्ठावान देखाउने काम गरेको राम्रो  हुनेछ। जिएसएसएस अराजनैतिक सङ्गठनले धर्ना गरिरहेकै छ।

भागोप पनि आफु मात्रै माऊ संस्था हौं भन्ने अहङ्कार त्यागेर माऊ संस्थाको धर्म र कर्म पट्टि आएर जनताको आकाङ्क्षा छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको आन्दोलन फत्ते पार्नुसक्ने माहौल बनाइदिनु सक्नुपर्छ ।

नत्र जनताले सबैलाई समय आएपछि जवाब दिनेछन् । सांसद राजु विष्टज्यूले अहिलेसम्म काम राम्रै गरिरहेका छन् ।

तर वास्तवमा नै भन्नपर्दा उनलाई जनताले केवल छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको लागि मतदान गरेका हुन् । हामीले उनलाई २०२० को जून ५ तारिक सम्म हेरेका छौं। जसअघि एउटा संसद सत्र चल्नेछ। जसलाई मिसन 2020- को संज्ञा दिएका छौँ ।

अब रह्यो गोजमुमोको विमल गुरुङ र उनको कर्म र धर्म निर्वाहको । यो दलले सांसदसँग लगातार साथमै रहेर बुझाउने काम गरिरहेकै छ। म एक योद्धा हुँ, म पार्टी भन्दा सिङ्गो गोर्खा जातिको योद्धा हुँ। त्यसैले यहाँ मेरो धर्म र कर्मको पनि कुरा उठ्छ ।

मेरो सकारात्मक र फराकिलो सोचले भन्छ कि विमल खेमाले सांसदलाई सोचेको जस्तो चाप सृजना गर्नु सकेको छैन। कारण भूमिगत अवस्था, विस्थापित अवस्था र एनडीएको घटक दल भएको नाताले आफ्नै सरकारको विरुद्ध जानु नसकेको अवस्थामा छ।

म जिब्रो नचपाई भन्छु, यदि आजको समयमा विमल गुरुङ र विस्थापित योद्धाहरू विस्थापित नहुनु हो भने खाँटी, आँटी र इमान्दार योद्धाहरूले जानेका थियौं तर दूर्भाग्य आज टेक्ने जमिन छैन। समाउने हाँगा भाजपाले कमजोरी बुझेर बेपर्वाह गरेको जस्तो भान भइरहेकोछ ।

यसैले भन्दैछौं, सबै राजनीतिक दल अराजनैतिक सङ्घसंस्थाहरू बुद्धिजीवि र वौद्धिक जमातले सांसद र संसद घेराबन्दी, केन्द्र सरकारलाई उनले गोर्खालाई भारतीय नागरिकको हैसियतमा हेर्ने दृष्टिकोण बुझ्न शसक्त कार्यक्रम लिएर दवाव दिनुपर्छ। दिल्ली चलो अभियान र सबैले छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको निम्ति आ-आफ्नो सङ्गठनबाट रेजुलेशन पारित गराएर सांसद राजु विष्टज्यूलाई दवाब दिने काम गरौं।

समय कम छ, यो चलिरहेको शीतकालीन संसद सत्र र २०२० को पहिलो संसद सत्र मात्रै हो समय। विलम्ब नगरौं। गोर्खाको जय हुनेछ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया