‘अशोक महादेवले विदर्भको नीजि बिल ल्याउन सक्छन् भने राजु विष्टले गोर्खाल्याण्डको नीजि बिल किन ल्याउन सक्दैनन्?’

विज्ञापन

‘अशोक महादेवले विदर्भको लागि निजि बिल ल्याउन सक्छ भने राजु विष्टले गोर्खाल्याण्डको बिल किन ल्याउन सक्दैन?,’ तामाङले भनेका छन्, ‘प्रश्न उठाउनु मात्र होइन, उठाएका कुराहरूलाई बिलकोरूपमा ल्याउनुपर्छ। त्यसो गर्दैन भने विष्टले ढाँटको राजनीति गरिरहेका छन्।’


दार्जीलिङ, 23 नोभेम्बर


13 दिसम्बरसम्म चल्ने शीतकालीन संसद सत्रमा विदर्भ राज्य गठनको लागि भाजपा सांसद अशोक महादेवलेजस्तो गोर्खाल्याण्ड राज्य निर्माणको लागि निजि बिल ल्याएन भने गोजमुमोले कडा कार्यक्रम गर्ने चेतावनी दिएका छन्।

‘अशोक महादेवले विदर्भको लागि निजि बिल ल्याउन सक्छ भने राजु विष्टले गोर्खाल्याण्डको बिल किन ल्याउन सक्दैन?,’ तामाङले भनेका छन्, ‘प्रश्न उठाउनु मात्र होइन, उठाएका कुराहरूलाई बिलकोरूपमा ल्याउनुपर्छ। त्यसो गर्दैन भने विष्टले ढाँटको राजनीति गरिरहेका छन्।’

उनले आफूहरूले छुट्टै राज्य गोर्खाल्याण्डको बिल ल्याउन,। 11 जातलाई जनजातिको मर्दाया दिने बिल ल्याउन र एनआरसी लागू गर्न अघि गोर्खाहरूलाई खाँटी रैथाने नागरिकको दर्जा दिलाउने माग गर्दै प्रधानमन्त्री, गृहमन्त्री, संसदीय मामिलामन्त्री र सांसदलाई पत्राचार गरिसकेको पनि बताएका छन्।

‘विष्टले सरकारी बिल ल्याउन सक्दैन भने नीजि बिल त ल्याउनै सक्छन्। यसो गर्नुको साटो उनले पञ्चायत चुनाउको माग पो गरिरहेका छन्। दागोपाप र जिटिएलाई खारेज गराउने कुटनीति गरेका होलान्, हामीलाई यसमा आपत्ति छैन तर जिल्ला परिषदको कारण गोर्खाल्याण्डको मुद्दा नै समाप्त गर्ने विष्टको चलाकीलाई कदापि मानिने छैन,’ उनले अझ भनेका छन्, ‘विष्टले छुट्टै राज्य गोर्खाल्याण्ड राज्य गठन गरुन्। त्यसपछि पञ्चायत चुनाउ गर्नु नगर्नु भन्ने कुरा आउँछ।’

संसदसत्र चलिरहेको बेला विष्टले गोर्खाल्याण्डको बिल ल्याउनमा नै ध्यान दिए उचित हुने उनले सुझाव दिए। ‘लोकसभा चुनाउमा हामीले विकासको मुद्दा राख्यौं, त्यसकारण हाऱ्यौं। राजु विष्टहरूले गोर्खाल्याण्ड भने र जिते। जितेपछि उनले आफ्नो वचन पूरा गर्ने ठाउँ नै संसद सत्र हो,’ तामाङले भने, ‘त्यसमा ध्यान नदिएर जनताको ध्यान भड्काउने काम किन गरिरहन्छन्?’

केन्द्रमा विष्टकै सरकार रहेको र उनको सरकारले कबुलेको कुरा संसद सत्रबाट पूरा गर्नुपर्ने जिम्मेवारी रहेको तर न त भाजपाले न त विष्टले जनतालाई दिएको बचन पूरा गरिरहेको भन्दै तामाङले विष्टलगायत जोन बारला बोल्नुपर्ने ठाउँमा मौन रहेको आरोप पनि लगाए।

‘सही समय छ, सही ठाउँ छ, सही रणनीतिसित आन्दोलनको चाप दिन सकिए गोर्खाल्याण्ड सम्भव छ,’ तामाङले भनेका छन्, ‘तर पहाडमा सबैले देखावटी मात्र गरिरहेका छन्। खै चाप सृष्टि गरेको?’

उनले भाजपाले नै तीनवटा नयाँ राज्य बनाएको र भर्खरै लेह-लद्दाखलाई केन्द्रशासित प्रदेश बनाएको तर त्यसबेला केन्द्र सरकारले कुनै पनि राज्यलाई नसोधी काम गरेको तर गोर्खाल्याण्डको कुरा आउँदा किन राज्यलाई सोध्नुपर्ने?  भन्ने प्रश्नसमेत तामाङले ठाएका छन्।

‘भाजपासित इच्छाशक्ति भयो भने के के गर्न सकिन्छ भन्ने स्पष्टै छ, गोर्खाल्याण्डको निम्ति इच्छाशक्ति कति छ, त्यो यो शीतकालीन सत्रबाट देखाउन्,’ तामाङले भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया