राजु विष्टले मोदीलाई सम्झाए स्थायी सामाधान र 11 जातको मुद्दा :  मोदीले ज्ञापनलाई अमित शाहकोमा पुऱ्याइदिने आश्वासन दिएको विष्टको दाबी

विज्ञापन

‘चुनावी सङ्कल्पपत्रमा उल्लेखित दुइवटा मुद्दाबारे प्रधानमन्त्रीलाई स्मरण गराउन ज्ञापन चढाएको हुँ,’ विष्टले भनेका छन्, “संकल्प पत्रमा उल्लेखित मुद्दा पारित गर्न प्रक्रिया चाल्नुपर्छ’ भनेर लेखेको छु। मेरा मागहरूलाई गृहमन्त्री अमित शाहसम्म पुऱ्याइदिने प्रधानमन्त्रीले आश्वासन दिएका छन्।’


कालेबुङ, 27 नोभेम्बर


सांसद राजु विष्टले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर स्थायी राजनैतिक सामाधान र 11 जातलाई जनजाति मर्यादा प्रदान गर्न ज्ञापन सुम्पिएका छन्। भाजपाले अघिबाट नै चुनावी मेनिफेस्टोमा उल्लेख गरिसकेका यी दुइ मुद्दा छिनाफानाको प्रक्रिया शुरु  गरिदिन विष्टले प्रधानमन्त्रीसित अपील गरेको बताइएको छ।

यस अतिरिक्त  ज्ञापनमा चियाबारी सिन्कोना बगान, बनबस्तीको मुद्दा छिनाफाना गर्न, पर्यटन विस्तारण र नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण गर्न आग्रह गरिएको बुँदा पनि छ।

‘चुनावी सङ्कल्पपत्रमा उल्लेखित दुइवटा मुद्दाबारे प्रधानमन्त्रीलाई स्मरण गराउन ज्ञापन चढाएको हुँ,’ विष्टले भनेका छन्, “संकल्प पत्रमा उल्लेखित मुद्दा पारित गर्न प्रक्रिया चाल्नुपर्छ’ भनेर लेखेको छु। मेरा मागहरूलाई गृहमन्त्री अमित शाहसम्म पुऱ्याइदिने प्रधानमन्त्रीले आश्वासन दिएका छन्।’

दार्जीलिङ, कालेबुङ, चोपडा अथवा उत्तरबङ्गाललाई बुनियाँदी संरचना र सुविधाबाट बञ्चित गराइएको बताउँदै यी विषयमा केन्द्रले कायाकल्प हुनेगरीको हस्तक्षेप गरिदिन अपील पनि गरिएको पनि विष्टले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया