राजु विष्टले उत्पन्न गरेको रहस्यको पर्दाफास शीघ्र गर्नेछौं- विनय तामाङ

दार्जीलिङ, 27 नोभेम्बर


गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनोय तामाङले राजु विष्टले कुरा घुमाएर अल्मल्याइरहेको आरोप लगाएका छन्। ‘गोर्खाल्याण्डको माग गर्छु भनेर सासंद राजु विष्ट सोझै किन गोर्खाल्याण्ड भन्न सकिरहेका छैनन्? कि उनले भनेको पर्मानेन्ट सल्यूसन गोर्खाल्याण्ड नभएर अरू कुनै बङ्गालभित्रकै व्यवस्था नै हो? यो कुरा सासंद महोदयले स्पष्ट पारून्?,’ तामाङले भनेका छन्, ‘कुनै अरू व्यवस्था होइन तर सासंद राजु विष्टले गोर्खाल्याण्डको मुद्दालाई सदनमा उठाउनुपर्ने हो। किनभने उनले पहाडबाट पाएको जनमत गोर्खाल्याण्डको निम्ति थियो। कुनै अन्य व्यवस्थाको निम्ति पहाडवासीले उनलाई भोट दिएका होइनन्। तर आज आएर सांसदले सोझै गोर्खाल्याण्ड नभनेर घुमाउरो कुरा गरिरहेका छन्। यसमा ठूलो रहस्य छ जसको पर्दाफास हामी निकट भविष्यमै गर्नेछौं।’

तामाङअनुसार वास्तवमा भाजपा गोर्खाहरूप्रति एक प्रतिशत पनि इमानदार छैन। यदि भाजपा इमान्दार भएको भए जम्मू-काश्मीर अनि हालै विदर्भको सन्दर्भ उठ्दा गोर्खाल्याण्डको एक शब्द पनि किन उठेनन्?

‘वास्तवमा सासंद राजु विष्ट भाजपाका एजेन्ट हुन्। सासंदमार्फत् भाजपा पहाडमा हुने आगामी चुनावी मैदानमा उत्रिन चाहन्छ,’ तामाङले भनेका छन्, ‘यदि यो कुरा सही होइन भने उनले सदनमा गोर्खाल्याण्डको मुद्दा उठाएर आफ्नो इमान्दारिता प्रमाणित गरून्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन