असममा दुर्गा मल्लको सालिग तोडफोड : कुतत्वहरूलाई 24 घन्टामा पक्राउ गरिनुपर्ने मोर्चाको माग

‘यसैले यस्ता अपराधीहरूमाथि सरकारले कुनै पनि दया भावना राख्नु हुँदैन भन्ने हामी माग गर्दछौं,’ उनले भनेका छन्, ‘आसामको कार्वी आङलोङ जिल्लाको तुम्प्रेङ थानाअन्तर्गत मुगासङ गाउँमा यसरी शहीद दुर्गामल्लको सालिग तोड़फोड़ गरिनु भनेको देशभरिका समग्र गोर्खाहरूको जातीय भावना अनि स्वाभिमानमा चोट पुऱ्याउनु हो। यसैले उक्त घटनामाथि निस्पक्षीय छानबीन गरी चाड़ोभन्दा चाड़ो अपराधीहरूलाई पक्राऊ गरी कठोर सजाय नदिएको खण्डमा राष्ट्रव्यापीरूपमा गोर्खाहरू आन्दोलित हुन सक्नेछन् भन्ने चेतावनी पनि हामी उक्त क्षेत्रका प्रशासनलगायत आसाम सरकारलाई पनि दिन चाहन्छौं।’


कालेबुङ, 27 नोभेम्बर


आसामको कार्वी आङलोङ जिल्लाको तुम्प्रेङ थानाअन्तर्गत मुगासङ भन्ने गोर्खाबहुल गाउँमा विगत 05 मइ 2018 को दिन कार्बी आङ्लोङ स्वायत्त शासित परिषदका मुख्य कार्यकारी सदस्य तुलिराम रङहाङले अनावरण गरेको स्वतन्त्रता सेनानी दुर्गा मल्लको सालिगको हात अपरिचित अपराधी समुहद्वारा तोड़फोड़ गरी हातमा रहेको खुकुरी समेत उखालेर लगेको जानकारी प्राप्त भएको छ।

गोर्खा जनमुक्ति मोर्चा प्रमुख विनय तामाङले यसलाई आसामका गोर्खाहरूको निम्तिमात्रै नभएर समग्र भारतीय गोर्खाहरूको निम्ति नै अति ठूलो बेइज्जती रहेको ठहर गर्दै घटनाको विरोध गरेका छन्। असामाजिक तत्वहरूले गोर्खाहरूको स्वाभिमान अनि जातीय भावनामाथि कुठाराघात गरेको भन्दै उनले 24 घण्टाभित्रमा स्थानीय प्रशासनले उक्त कुतत्वहरूलाई पक्राउ गरी कठोरभन्दा कठोर कार्वाही गर्नुपर्ने माग गरेका छन्।

तामाङअनुसार शहीद दुर्गामल्ल गोर्खा जातिको निम्तमात्र नभएर समग्र भारतवासीको निम्ति सम्माननीय हुन्। स्वतन्त्र भारतको निम्ति अङ्ग्रेजहरूसामु शीर झुकाउनुभन्दा शीर कटाउनु स्वीकार गरेर उनले फाँसीको सजाय स्वीकार गरेका थिए। उनको देशप्रति साँचो शहादत अनि वलिदानको सम्मान गर्दै दिल्लीको संसद भवनअघिल्तिर पनि उनको भव्य सालिग अनावरण गरिएको छ। यस्ता महान स्वतन्त्रता सेनानीको सालिग तोड़फोड़ गरिनु भनेको अक्षम्य अपराध हो।

‘यसैले यस्ता अपराधीहरूमाथि सरकारले कुनै पनि दया भावना राख्नु हुँदैन भन्ने हामी माग गर्दछौं,’ उनले भनेका छन्, ‘आसामको कार्वी आङलोङ जिल्लाको तुम्प्रेङ थानाअन्तर्गत मुगासङ गाउँमा यसरी शहीद दुर्गामल्लको सालिग तोड़फोड़ गरिनु भनेको देशभरिका समग्र गोर्खाहरूको जातीय भावना अनि स्वाभिमानमा चोट पुऱ्याउनु हो। यसैले उक्त घटनामाथि निस्पक्षीय छानबीन गरी चाड़ोभन्दा चाड़ो अपराधीहरूलाई पक्राऊ गरी कठोर सजाय नदिएको खण्डमा राष्ट्रव्यापीरूपमा गोर्खाहरू आन्दोलित हुन सक्नेछन् भन्ने चेतावनी पनि हामी उक्त क्षेत्रका प्रशासनलगायत आसाम सरकारलाई पनि दिन चाहन्छौं।’

उक्त घटनाले राष्ट्रव्यापीरूपमा आन्दोलनको रूप लिनुअघि नै आगामी 24 घण्टाभित्रमा अपराधीहरूलाई पक्राउ गरिनुपर्ने आफूहरूको माग रहेको तामाङले जनाएका छन्। घटनाले आसामका गोर्खाहरूको सुरक्षा अनि सम्मान व्यवस्थामाथि पनि प्रश्न खड़ा गरेको भन्दै उनले भताएका छन्, ‘ यदि गोर्खाहरूको योगदानलाई आसाम सरकारले सम्मानित रूपमा हेर्छन् भने गोर्खे विभूतिको सालिगमाथि भएको यस प्रकारको अवहेलित कार्यको विरूद्ध गम्भीर भएर पदक्षेप लिउन् भन्ने पनि हामी चाहन्छौं।’

 

 

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन