बजगाईँले निरज जिम्बा र मन घिसिङको नाम नलिई भने- भारतीय गोर्खाहरूको किपट देखाइदेउ

विज्ञापन

‘उनीहरू हाम्रो मुख खोलियोस् भन्ने चाहन्छन्। तर बङ्गालसित चुनाउ जित्ने एजेण्डा छैन। उनीहरूसित एउटै एजेण्डा छ, त्यो हो ‘भाजपाले बङ्गाल टुक्राउँदैछ’ भन्ने,’ बजगाईँले सङ्केतमा भने। भाजपा, राजु विष्ट र गोजमुमो-1 ले किन गोर्खाल्याण्ड नभनेर पर्मानेन्ट पोलिटिकल सोल्युसन भनिरहेको हो, त्यसलाई साङ्केतिकरूपमा अर्थाए। उनीअनुसार भाजपा, राजु विष्ट र गोजमुमो-1 ले गोर्खाल्याण्ड भन्यो भने  बङ्गालले 2021 को चुनाउमा भाजपाले बङ्गाल टुक्राउँदैछ भनेर तृणमूल काङ्ग्रेसले चुनावी मुद्दा बनाउँछ भनेर पर्मानेन्ट पोलिटिकल सोल्युसन भनेको आशय व्यक्त गरे।


कालेबुङ, 28 नोभेम्बर


गोरामुमोलाई प्रश्न

सांसद राजु विष्टले दागोपापको 243 एम (3) संशोधन गर्ने माग गरेलगत्तै गोरामुमो र गोजमुमो(1)बीच फुट आएको छ। आज दार्जीलिङमा भएको गोजमुमो-1 को सभाबाट पनि यही कुरा पुष्टि भएको छ। गोजमुमो- 1 का प्रवक्ता बीपी बजगाईँले निरज जिम्बा र मन घिसिङको नाम नलिई भने, ‘मित्रशक्तिका ए साथीहरू हो, तपाईँहरू दागोपाप ऐनलाई दार्जीलिङको गोर्खाको खतियान भन्नु हुन्छ भने तराई र डुवर्सका गोर्खाहरूको खतियान देखाइदिनुहोस्। भारतीय गोर्खाहरूको खतियान कहाँ छ, त्यो देखाइदिनुहोस्। हाम्रो भूमि सुरक्षित छ भने हामीले किन आन्दोलन गर्न परेको हो, त्यो बुझाइदिनुहोस्। किन बङ्गालबाट छुटानाम हुनुपर्छ भनिरहेका छौं? त्यो बताइदिनुहोस्। गलत व्य़ाख्या नगरौं। बरू भूल सुधारौं।’

उनले विष्टले ऐन संशोधनको कुरा गरेर सही काम गरेको भन्दै विष्टको कामको सराहना गरे। ‘सांसदज्यु, तपाईँले आफ्नो काम निर्धक्क गर्नुहोस्, तपाईँसित पहाड, तराई र डुवर्सका गोर्खाहरू साथ छन्,’ उनले विष्टलाई बल पुऱ्याउन भने। उनीअनुसार दागोपापको ऐन संशोधन हुँदा गोरामुमोले गरेको भूल सच्चिनेछ। ‘गोरामुमोले गुमाएको सिलगढी हामीले त्यो ऐन संशोधन गर्दा प्राप्त गर्नेछौं,’ बजगाईँले भने, ‘हामीले भारतभरिको गोर्खाको चिह्नारीको कुरा गर्दैछौं। दार्जीलिङ केन्द्रित राजनीति बन्द गर्नुपर्छ।’

पिपिएसको मतलब

उनले अहिले गोजमुमो-2 र अन्यले  सांसद विष्ट, भाजपा र गोजमुमो-1 लाई पर्मानेन्ट पोलिटिकल सोल्युसनको नाम बारम्बार सोधिरहेको र त्यो पनि बङ्गालको चाल रहेको बताएका छन्।

‘उनीहरू हाम्रो मुख खोलियोस् भन्ने चाहन्छन्। तर बङ्गालसित चुनाउ जित्ने एजेण्डा छैन। उनीहरूसित एउटै एजेण्डा छ, त्यो हो ‘भाजपाले बङ्गाल टुक्राउँदैछ’ भन्ने,’ बजगाईँले सङ्केतमा भने। भाजपा, राजु विष्ट र गोजमुमो-1 ले किन गोर्खाल्याण्ड नभनेर पर्मानेन्ट पोलिटिकल सोल्युसन भनिरहेको हो, त्यसलाई साङ्केतिकरूपमा अर्थाए। उनीअनुसार भाजपा, राजु विष्ट र गोजमुमो-1 ले गोर्खाल्याण्ड भन्यो भने  बङ्गालले 2021 को चुनाउमा भाजपाले बङ्गाल टुक्राउँदैछ भनेर तृणमूल काङ्ग्रेसले चुनावी मुद्दा बनाउँछ भनेर पर्मानेन्ट पोलिटिकल सोल्युसन भनेको आशय व्यक्त गरे।

‘नसुर्ताउनुस्, हामी लक्ष्यको नजिक पुगिसकेका छौं,’ उनले भने, ‘हामी बङ्गालबाट छुट्टिनेछौं।’

तृणमूल काङ्ग्रेसले ‘भाजपाले बङ्गाल टुक्राउँदैछ’ भन्ने नारामा चुनाउ नजितोस् भनेरै ‘गोर्खाल्याण्ड’ नभनेर ‘पर्मानेन्ट पोलिटिकल सोल्युसन’ भन्न परेको बजगाईँले सोझो आशय प्रकट गरेका छन्। त्यही भएर विष्ट, भाजपा र गोजमुमो-1 बाट राज्य सरकार पन्थीहरूले गोर्खाल्याण्ड भनोस् र चुनाउमा फाइदा पुऱ्याउन सकौं भन्ने कुटनीति राखेर बारम्बार पर्मानेन्ट पोलिटिकल सोल्युसनको नाम सोध्ने गरेको पनि बताए।

विमल चुनाउअघि पहाडमा

यता विभिन्न मुद्दाहरूको कारण दिल्लीमा लुकेर बसेका गोजमुमो-1 का अध्यक्ष विमल गुरुङलाई बजगाईँले आउँदो विधानसभा चुनाउ अघि नै पहाडमा ल्याउने बताएका छन्। ‘विमल गुरुङलाई निकाल्न हामीले सबै काम गरिरहेका छौं,’ उनले भने, ‘सुर्ता नगर्नुहोस्, ‘चुनाउअघि नै विमल गुरुङ पहाड आउनेछन्। हामी ल्याउनेछौं।’

यसैबीच उनले विमल गुरुङ आउँदैछ भनेर आशा गरेर नबसीदिने आग्रह पनि गरे। ‘कथाङ्काल आउनु भएन भने विमल गुरुङले जिवन्त राखेको  गोर्खाल्याण्डको सपना पूरा गर्न केन्द्रलाई म्यासेज पठाउन अथवा विमलसित नै  पहाड छ भनेर देखाउनु यसपालि चुनाउमा अभूतपूर्व भोट दिएर जिताउनुपर्छ,’ बजगाईँले भने।

भट्किएकोलाई राजनैतिक कम्पास

बजगाईँले दार्जीलिङमा भइरहेको बहसको कार्यक्रम ‘राजनैतिक कम्पास’-बारे पनि टिप्पणी राखे। केही साथीहरू वैचारिक काम गर्छौं भन्दै, युवाहरूबीच चर्चा गर्छु भन्दै ‘उतै’को लागि कार्यक्रम गरिरहेको बजगाईँले बताए। ‘राजनैतिक कम्पास’ पहाड, तराई र डुवर्सलाई बङ्गालबाट छुट्याउन राजु विष्टले महत भूमिका निर्वाह गर्ने डरले बङ्गालले पहाडमा विभिन्न शक्तिहरू चलायमान गरिरहेको चलखेलको उपज रहेको पनि बजगाईँले बताए।

‘युवाहरूलाई दिशाहिन बनाउन, केही मानिसहरू कलकत्ताको निर्देशमा हिँड्दैछन्,’ उनले भने, ‘उनीहरू आफै दिशाहिन छन्। र दिशाहिनहरुले जङ्गलको बाटो हिँड्दा कम्पास बोक्नुपर्छ। हामी दिशाहिन छैनौं। अर्जुनले सुगा देखेकोजस्तो बङ्गालबाट छुटानाम मात्र देखेका छौं।’

बजगाईँले गोजमुमो-2माथि पनि व्यापक आलोचना गरे। डा. हर्कबहादुर छेत्रीलाई सांसदको राजिनामा माग्नु भन्दा अघि आफ्नै अनुहार हेर्नुपर्ने सुझाव दिए। यता विनय तामाङहरूले बोनससित जमिन बेचेको आरोप लाग्यो।

‘ऐकरको पाँच लाख भेल्यूमा बेच्दै  कम्पनीलाई पर्यटनको लागि डेडसय ऐकर जमिन दिने भएको छ। दिइएको जमिनको 40 प्रतिशत जमिनमा संरचना खडा गर्ने भनिएको छ। यति जमिनमा नयाँ बस्ती नै बस्छ,’ उनले भने, ‘कर्मचारी उँधैबाट ल्याउँछ र बिस्तारै हामी अल्पसंख्यक बन्छौं।’

विनय तामाङले 20 प्रतिशत बोनस ल्याएर मालिकलाई डेडसय जमिन दिएको बताए। ‘एक ऐकरको पाँच लाख गरेर साँडेसात करोडको जमिन मालिकलाई दिन सक्नेले श्रमिकहरूलाई पर्जापट्टा किन दिदेँन?’, उनले प्रश्न पनि उठाए।

विनय तामाङहरूले मोठ 33 सय पचास करोडको जमिन मालिकलाई दिने तयार गरिरहेको भन्दै बजगाईँले सबैलाई सतर्क बस्न आग्रह गरेका छन्।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया