उपचुनाउमा तृणमूलको जित : भाजपा 19 मा नै साफ : भाजपा हार्नुमा एनआरसी फ्याक्टर

विज्ञापन

‘भाजपाको नारा थियो, तृणमूल हुनेछ 19 मा हाफ र 21 मा हुनेछ साफ,’ ममताले भनिन्, ‘भाजपा त 19 मा नै साफ भयो।’


कोलकाता, 28 नोभेम्बर


खडकपुर, कालियागञ्ज र करिमपुर तीनवटै विधानसभा सिटमा तृणमूल काङ्ग्रेसले जितेको छ। यो उपचुनाउलाई देशले नै निक्कै संवेदनशील चुनाउकोरूपमा हेरेको थियो। 25 नोभेम्बरको दिन भएको उपचुनाउको मतगणना आज भएको हो।

2021 मा विधानसभा चुनाउ हुनेवाला छ। यसै पनि यो उपचुनाउलाई महत्वकासाथ हेरिएको हो। भाजपाले आउँदो चुनाउमा सरकार बनाउँछ भनेर पर्खिनेहरूको लागि आजको भाजपाको हारले निक्कै ठूलो झट्का दिएको छ। किन भने भाजपा नराम्रोगरी हारेको छ।

जितलाई जनताको जितकोरूपमा व्याख्या गर्दै मुख्यमन्त्री ममता व्यानर्जीले भनिन्, ‘यो विकासको जित हो। भाजपाको अहङ्कारको हार हो।’  तृणमूल काङ्ग्रेस यो जितलाई लिएर यसकारण पनि खुशी भएको छ, किन भने पार्टी गठन भएदेखि पहिलोपल्ट तृणमूलले जित हासिल गरेको हो।

‘भाजपाले अहङ्कार देखाएर बङ्गालका जनतालाई अपमानित गरेको थियो, जनताले त्यसैको जवाब दिएको हो,’ व्यानर्जीले भनिन्,  ‘माकपा र काङ्ग्रेसले आफूलाई बलियो गर्नको साटो भाजपालाई सहयोग गऱ्यो। उनीहरूलाई पनि जनताले जवाब दिएका हुन्।’

ममता जितपछि भाजपाप्रति आक्रमक बनिन्। ‘भाजपाको नारा थियो, तृणमूल हुनेछ 19 मा हाफ र 21 मा हुनेछ साफ,’ ममताले भनिन्, ‘भाजपा त 19 मा नै साफ भयो।’

भाजपाले बङ्गालमा एनआरसी लागू गर्ने भन्दै गरेको चुनाउ प्रचारको कारण नै हारको सामना गर्न परेको विश्लेषकहरूले जनाएका छन्। ममता व्यानर्जीले भाजपा हार्नुमा एनआरसी फ्याक्टर बनेको स्वीकारिन्। ‘हामी सबैलाई साथमा लिएर हिँड्छौं। खडगपुरमा विभिन्न भाषी छन्। कालियागञ्मा मुस्लिम र हिन्दुको घनत्व बडी छ। यहाँका  राजवन्सीले थाहा पाइसकेका छन्, तृणमूल उनीहरूको साथमा छ,’ उनले भनिन्, ‘मुस्लिम, हिन्दु सबैले नै विकास गर्दै बङ्गालमा समान संस्कृतिलाई लिएर बढ्नुपर्ने कुरा बुझेका छन्। यसैले पनि यो जित जनताको जित हो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया