‘कोही गोर्खा गोर्खाल्याण्ड विरोधी हुनसक्दैनन्, विरोधी भन्नु स्वार्थको राजनीति हो’

विज्ञापन

‘कोही पनि गोर्खा गोर्खाल्याण्ड विरोधी हुन सक्दैनन्,’ अनित थापाले भने, ‘यदि कसैले कुनै अर्को पार्टीका समर्थकहरूलाई गोर्खाल्याण्ड विरोधी भन्छन् भने उ दलीय राजनीति गरिरहेको छ भनेर बुझ्नुपर्छ। जातिको लागि होइन नीजि स्वार्थको राजनीति गर्दैछ भनेर बुझ्नुपर्छ।’


कालेबुङ, 29 नोभेम्बर


जिटिए प्रमुख अनिथ थापाले गोर्खाल्याण्डको लागि बुद्धिजीवीहरूको सक्रियता अनिवार्य रहेको जनाएका छन्। उनले भनेका छन्, ‘कोही पनि गोर्खा  गोर्खाल्याण्ड विरोधी हुन सक्दैनन्। हामीले भावनाको राजनीति गरेर धेरै भूल गरिराखेका छौं। अब सोच परिवर्तन गर्नु जरुरी छ। गोर्खाल्याण्ड ल्याउन बुद्धिजीवीहरूको सक्रियता र सहयोग हुनुपर्छ।’

थापाअनुसार, हिंसाको बाटोबाट गोर्खाल्याण्ड पुग्न सकिन्न। अघिल्लो आन्दोलन हिंसात्मक भयो। त्यो बाटो गलत थियो।

‘आन्दोलन गलत बाटो गएको देखेपछि गलत आन्दोलनको विरुद्ध हामी निस्किएका हौं,’ उनले भने, ‘ हाम्रो पहिलो कर्तव्य थियो, जनताको सुरक्षा गर्नु। त्यसैले हामीले ज्यानको बाजी लगाएर चुनौती मोलेका हौं। जनताले बिस्तारै बुझ्दैछन्। हामीले राजनैतिक विचार परिवर्तनको कुरा गरेका हौं।’

थापाले रणनीतिक कमजोरीले सफलताभन्दा धेर जनतालाई समस्यामा पार्ने देखेर नै विद्रोह गर्नुपरेको भन्दै आफूहरू गोर्खाल्याण्डको लागि बौद्धिक रणनीतिबाट अघि बढ्ने बताए।

उनी रोङ्गोमा सन् १९४६ मा स्थापित क्षेत्रकै एक पुरानो विद्यालय नयाँ भवनको शिलान्यास कार्यक्रमको प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

‘कोही पनि गोर्खा गोर्खाल्याण्ड विरोधी हुन सक्दैनन्,’ उनले भने, ‘यदि कसैले कुनै अर्को पार्टीका समर्थकहरूलाई गोर्खाल्याण्ड विरोधी भन्छन् भने उ दलीय राजनीति गरिरहेको छ भनेर बुझ्नुपर्छ। जातिको लागि होइन नीजि स्वार्थको राजनीति गर्दैछ भनेर बुझ्नुपर्छ।’

शिलान्यास कार्यक्रमको अध्यक्ष्यता पाठशाला सञ्चालन समितिका सभापति अरूण गुरूङले गरेका थिए। विद्यालयका सञ्चालन समितिका  वर्तमान तथा पूर्व पदाधिकारीगण, पूर्वशिक्षकवर्ग, अभिभावक तथा समाजका अग्रज व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।

विभागीय कार्यकारी अभियन्ता , सह अभियन्ता लगायत सहगोजमुमो २ का ४४, ४५ नम्बर समष्टी सभापति, सचिव लगायत भातृ सङ्गठनका पदाधिकारी पनि उपस्थित रहेको यो शिलान्यास कार्यक्रममा विद्यालय र विद्यार्थीको पढाइलाई ध्यानमा राखी काम राम्रो, बलियो र निर्धारित समयमा काम सक्ने विभागको प्रयास रहनेछ भन्दै ठेकेदारलाई काम गर्न सबैले सकारात्मक सहयोग दिनुपर्ने मन्तव्य विभागीय कार्यकारी अभियन्ता दीपेन्द्र घिमिरेले आफ्नो सम्बोधनमा राखे।

2 करोड 28 लाखको लागतमा बनिने यो भवनको निर्माण श्रीनिवास एजेन्सीले गर्ने पनि उपस्थित जनसमुदायलाई जनाए। थापाले विद्यार्थीलाई भोलिको राष्ट्र निर्माताको संज्ञा दिँदै भने, ‘म झुक्याउने होइन काम फत्ते गर्ने मान्छे हुँ। यो भवन समयमा गुणवत्ताको हिसाबले राम्रोसँग बनिएको हुनुपर्छ।

थापा दुइदिनदेखि क्षेत्रवासीका समस्या र कठिनाइ बुझ्ने क्रममा छन् । स्थानीय नेतृत्व क्रमैले सन्दीप कुलुङ, मिङमार लामा, अरूण गुरूङ, बिरण गुरूङ, हर्कमान छेत्री, विकास पाखरीन, सन गुरूङ, निसान गुरुङ, राजेश गुरूङ आदिको सहयोगमा क्षेत्रको विकासका विभिन्न कार्यक्रम सम्पन्न भइरहेको अनि त्यसको लेखाजोखा अनि निरीक्षण अध्यक्षबाट भइरहेको बुझिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया