विमल गुरुङ र रोशन गिरीको अग्रिम जमानी टरेको टरेकै : बजगाईँ भन्छन्- चुनाउ अघि उनीहरूलाई पहाड ल्याउँछौं

विज्ञापन

न्यायालयले सुनवाईको तारीख परिवर्तन गर्दै आउँदो १०दिसम्बरदेखि मोर्चा नेताहरूको अग्रिम जमानी याचिकामा नियमित सुनवाई हुने कुरा जनाइएको छ। स्मरण रहोस्‌, विमल गुरुङ र रोशन गिरीका उकीलहरूको अनुरोधमा मोर्चा नेताहरूको अग्रिम जमानी याचिकाको सुनवाई  जलपाईगड़ी सर्किट बेञ्चबाट कलकत्ता उच्च न्यायालयमा स्थानान्तरण गरिएको छ।


कालेबुङ, 29 नोभेम्बर


विमल गुरुङ र रोशन गिरीको अग्रिम जमानी याचिकामा कलकत्ता उच्च न्यायालयमा आउँदो दश दिसम्बरदेखि नियमित सुनवाई हुने भएको छ। थाहा लागेअनुसार मोर्चाका दुवै शीर्ष नेताहरूको अग्रिम जमानी याचिकामा बितेको मङ्गलवार नै सुनवाई हुने कुरा थियो तर राज्यका एडभोकेट जेनरल किशोर दत्त कलकत्ताबाट बाहिर रहेको कारण त्यस दिन सुनवाई हुन सकेन।

फलस्वरूप न्यायालयले सुनवाईको तारीख परिवर्तन गर्दै आउँदो १०दिसम्बरदेखि मोर्चा नेताहरूको अग्रिम जमानी याचिकामा नियमित सुनवाई हुने कुरा जनाइएको छ। स्मरण रहोस्‌, विमल गुरुङ र रोशन गिरीका उकीलहरूको अनुरोधमा मोर्चा नेताहरूको अग्रिम जमानी याचिकाको सुनवाई  जलपाईगड़ी सर्किट बेञ्चबाट कलकत्ता उच्च न्यायालयमा स्थानान्तरण गरिएको छ।

दार्जीलिङ पहाड़मा सन्‌ २०१७ को जूनमा शुरू भएको गोर्खाल्याण्ड आन्दोलनकालमा राज्यको तृणमूल कङ्ग्रेस सरकारले मोर्चाका दुवै शीर्ष नेताविरुद्ध आईपीसीका विभिन्न धाराअन्तर्गत १२६ वटा मामिलाहरू लगाएको थियो। मोर्चाका दुवै नेताल गृहमन्त्रीसम्म स्थायी राजनैतिक समाधानको कुरा उठाउँदै आइरहेका छन्‌, बुधवार मात्र सांसद विष्टले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरे अनि उक्त भेटवार्तामा प्रधानमन्त्री मोदीले दार्जीलिङको विषयमा केन्द्रिय गृहमन्त्री अमित शाहसँग भेटेर कुराकानी गर्ने सुझाउ दिएका छन्‌ भन्दै बजगार्इंले सांसद विष्टले भोलि-पर्सिभित्रमा नै केन्द्रिय गृहमन्त्री अमित शाहसँग भेट गरेर स्थायी राजनैतिक समाधानको विषयमा चाँड़ै त्रिपक्षीय बैठक बोलाउनु पर्ने माग राख्ने बताए।

२०२१ सालको बङ्गाल  विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेसको हार निश्चित रहेको र भाजपाको सरकार बन्ने दावी गर्दै बजगाईँले बङ्गालको तृणमूल सरकारले नियुक्तिपत्र बिना नियुक्ति गरिएको सिविक पुलिसहरूलाई नियुक्ति दिइने बजगाईँले घोषणा गे। बजगाईँले २०२१ सालको बङ्गाल विधानसभा अघि नै आफूहरूले पार्टी केन्द्रिय अध्यक्ष विमल गुरुङलाई कानुनी प्रक्रियाअनुरूप घर फर्काई ल्याउने दिशामा पार्टीले काम गरिरहेको बताए तर कुनै कारणवश अध्यक्ष गुरुङलाई घर फर्काई ल्याउन नसकिएको खण्डमा आफूहरूलाई विगतका चुनाउहरूमा जस्तै व्यापक मतले विजय बनाउने आह्वान गरे।

सभाको बीचैमा पत्रकारहरूलाई सम्बोधन गर्दै आफूहरूको आँखाअघि केवल छुट्टै राज्य गोर्खाल्याण्डबाहेक अरू केही नरहेको तिनले बताए। स्थायी राजनैतिक समाधान भनेको के हो? भन्ने प्रश्नको उत्तरमा प्रवक्ता बजगाईँले यसबारे आफूहरूले २०२१ सालको चुनाउपछि मात्र खुलासा गर्ने बताए। अहिले नै खुलासा गरेको खण्डमा बङ्गाल विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेसले त्यसैलाई चुनाउ मुद्दाको रूपमा प्रयोग गर्नेछ भनी तिनले दावी गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया