13औं दक्षिण एशियाली खेलकूदमा ताइक्वान्दो खेलाडी सावित्री प्रधान निर्णायक

गान्तोक, 29 नोभेम्बर। नेपालको राजधानी काठमाण्डौमा सम्पन्न हुन गइरहेको 13औं दक्षिण एशियाली खेलकूदमा अन्तर्राष्ट्रिय निर्णायकको रूपमा सिक्किमका अन्तर्राष्ट्रिय ताक्वाण्डो खेलाडी सुश्री सावित्री प्रधानले चयन भएकी छन्। आगामी 1 देखि 10 दिसम्बरसम्म काठमाण्डौ र पोखरामा हुने यो 13औं दक्षिण एशियाली खेलकुदमा ताइक्वाण्डो एउटा आधिकारिक खेलाको रूपमा मान्यता प्राप्त खेल रहेको छ। उनलाई अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्न निर्णायकहरूको वैठक तथा प्रशिक्षणको निम्ति काठमाण्डौ बालाइएको छ। उनी आज 29 नोभेम्बरको दिन काठमाण्डौ पुगेर 30 र 31 नोभेम्बरको दिन हुने प्रशिक्षण तथा बैठकमा उपस्थित हुनेछन्। उक्त वैठक सात दोबाटो ललितपूरमा रहेको ताक्वाण्डो एकाडेमीमा हुनेछ। विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदकले विजयी बनिसकेकी चर्चित ताइक्वान्दो खेलाडी प्रधान अहिले सिक्किम पुलिसको अतिरिक्त पुलिस पुलिस अधिक्षकको पदमा कार्यरत छिन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन