एसडीएफका 30 जिल्ला पञ्चायतमध्ये 26 एसकेएममा सामेल, मुख्यन्त्री गोलेले गरे स्वागत

गान्तोक, 29 नोभेम्बर। सिक्किमको पूर्व जिल्लाका कूल ३० जना जिल्ला पंचायत सदस्य मध्ये जम्मा २६ वटा टेरिटोरियल क्षेत्रका जिल्ला पंचायत सदस्यगणहरुले विपक्षी दल एसडीएफ पार्टीलाई त्याग गर्दै आज देखि सत्तारूढ एसकेएम पार्टीमा बिधिवत रूपमा सामेल भएका छन् । यस सामेल कार्यक्रममा पूर्व जिल्लाका अध्यक्ष समशेर राई र उपाध्यक्ष शर्मिला छेत्रीले पनि एसकेएमलाई समर्थन जनाउँदै सामेल भएका छन् । यसैगरि एसकेएममा सामेल हुने  जिल्ला पञ्चायत सदस्यहरुलाई मुख्यमन्त्री एवं एसकेएम पार्टी अध्यक्ष पीएस गोलेले खादा अर्पण गगर्दै  पार्टीमा स्वागत जनाएका थिए । सभामा बोल्दै जिल्ला अध्यक्ष र उपाध्यक्षले आफूहरु निस्वार्थरूपले एसकेएम पार्टीमा सामेल भएको र एसकेएम पार्टी मात्र सिक्किमेहरुको भरपर्दो पार्टी रहेकोले सरकारसंग मिलेर काम गर्ने कुरा राखेका छन् ।

यस कार्यक्रमलाई सम्बोधनको क्रममा  मुख्यमन्त्री पीएस गोलले भने, राजनीति गर्दा केवल सिक्किमे जनतालाई फाइदा हुने काम मात्र गर्नुपर्छ  । हाम्रो राजनीति भनेको समावेशी र विकासको निम्ति अघि बढ़ने पार्टी हो , हामी पूर्व सरकार जस्तो बदलाको भावना बोकेर राजनीति गर्ने बिचार बोकेर सिक्किममा छैनौ, सबैलाई समान दृष्टिले हेर्नेछौं ।  हामी सिक्किममा सबै मिलेर बसेकाछौ र यो हाम्रो ब्यवहारलाई राजनीतिको कारणले बिगार्नु दिनु हुँदैन भन्ने कुरा पनि राखे।   एसकेएम पार्टीमा आउनेहरुलाई स्वागत छ , एसकेएम पार्टीमा नयाँ र पुरानो भनेर छुटाउने प्रथा छैन , हामी सबैलाई लिएर काम गर्नमा बिश्वास गर्छौ । राज्यको बिकासमा जिल्ला पञ्चायतहरुको ठूलो भूमिका रहन्छ, त्यसर्थ जिल्ला पञ्चायतहरु सरकार चलाउने पार्टीको अङ्ग हुनु ठूलो कुरा हो र यसबाट जनताको काम गर्नु सजिलो हुन्छ , उनले अझ भने। हामी जिल्ला पञ्चायतलाई अझ सशक्त बनाउनु चाहन्छौं तथा यसको निम्ति हामी गृह कार्य गरिरहेका छौ मुख्यमन्त्रीले थपे।

उनले सिक्किमको वर्तमान विभिन्न विषयलाई उठान गर्दै भने,  सिक्किममा क्यान्सरको बिमारी धेरै बढेको छ , जो चिन्ताजनक कुरा हो । यसका साथै ड्रग्स सेवन गर्नेहरुको दर पनि बडेर गएको छ , यसको निवारण गर्नुको निम्ति बिशेष पञ्चायतगणले जनतालाई जागरूक गर्ने र मुख्य भूमिका निभाउने अपील गरे ।

यस सामेल कार्यक्रममा बिधानसभा अध्यक्ष एलबी दास, मन्त्री कुङ्गा निमा लेप्चा, माननीय मन्त्री अरुण उप्रेती, विधायक विष्णु ख़तिवाड़ा , बिधायक एम प्रसाद शर्मा, मुख्यमन्त्रीका राजनैतिक  सचिव जेकब खालिङ, मुख्यमन्त्रीका गोप्य सचिव बिकाश बस्नेत, युवा संयोजक लाक्पा मोक्तन आदिको उपस्थिति रहेको थियो ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया