ठाकुरबाडी मन्दिर 30 जनवरीमा उद्घाटन हुने, पुरानो मूर्तिहरू निर्माण विवादमा

एक करोड पचास लाख रूपियॉं खर्च गरेर स्थापित गरिएको राधा कृष्ण, राम दरवार, हनुमान, शिवलिंग, दुर्गा देवी र गणेशको कथित अष्टधातुको भनिएको प्रतिमा तोड्ने क्रममा फलामले भरेर निर्माण गरिएको खुलासा भएको छ।


गान्तोक, 29 नोभेम्बर। सिक्किमको राजधानी गान्तोकको बहुप्रतिक्षित ठाकुरबाडी मन्दिरको विवादको लहर सकिने छॉंट छैन। एकातिर राज्य सरकारले आगामी 30 जनवरीको दिन बसन्त पंचमीको छेका पारेर मन्दिर उद्घाटन गर्ने निर्णय गरिसकेको छ भने अहिले स्थापित गरिएको प्रतिमा खण्डित भएको हुनाले नयॉं प्रतिमा लगाउने प्रक्रिया शुरू भएको छ। प्रतिमा नयॉं लगाउने लगभग एक करोड पचास लाख रूपियॉं खर्च गरेर स्थापित गरिएको राधा कृष्ण, राम दरवार, हनुमान, शिवलिंग, दुर्गा देवी र गणेशको कथित अष्टधातुको भनिएको प्रतिमा तोड्ने क्रममा फलामले भरेर निर्माण गरिएको खुलासा भएको छ। आजदेखि धातुको प्रतिमाहरू हटाउन प्रक्रिया शुरू गर्दा गणेशको प्रतिमाभित्र ठूलठूला फलामका टुक्रा थपेर निर्माण गरिएको फेला परेपछि मन्दिर देखरेख गरिरहेका आधिकारिक सूत्रले यस घटनाको जानकारी दिए। यस क्रममा पत्रकारहरूले उक्त विखण्डित प्रतिमाहरूको निरीक्षण गर्दा स्पष्ट रूपमा ठूलठूला फलामे छडहरूको प्रयोग गरेर प्रतिमा निर्माण गरिएको अनि अन्य हटाउन बांकी रहेको प्रतिमाहरू समेत उद्घाटन गर्नु अघि नै खिया लाग्न थालेको र बीच बीचमा चर्किएको अवस्थामा फेला पारेको छ। त्यसो त सरकारी निर्णण्पछि नयॉं मार्बलको प्रतिमा निर्माणको निम्ति मूर्तिकारहरूलाई जिम्मा लगाइसकेको थाह लागेको छ। यद्यपि, करोडौं रूपियॉं खर्च गरेर बनाइएको पुरानो प्रतिमाको निर्माणमा भने शुरूवातदेखि नै विवाद थियो भने अहिले मूर्ति हटाउने क्रममा यसको निर्माणको समय ठूलै षडयन्त्र भएको हुन सक्ने स्पष्ट भएको छ। धेरै रकम खर्च गरेर निर्माण गरिएको भए पनि अहले उक्त प्रतिमाहरू पूजाको निम्ति अयोग्य ठहर भएपछि नयॉं प्रतिमा लगाउने भए पनि धनराशि भने प्रयोग भइसकेको हुनाले धेरै रकम क्षति हुन पुगेको कुरालाई भने अदेखा गर्न सकिॅंदैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया