गोर्खाल्याण्ड सिङ्गो गोर्खाले माग्नुपर्छ : अनित थापा

 ‘मैले त्यसैले आन्दोलनको नाममा आफूहरू खसीको मासु र भात खाँदै बस्दै, जनताहरूलाई भोकभोकै अलपत्र पार्ने प्रथाको विरोध गरेको हुँ ।  कुनै पनि आन्दोलन बम-बारूदले जितेको इतिहास छैन,’ थापाले भने,  ‘गोर्खाल्याण्ड न कसैले किन्न सक्छ, न कसैले बेच्न सक्छ । यो किनबेच गर्ने कुरा पनि होइन । लिडरले जनतालाई सही मार्ग देखाउनुपर्छ । जनतालाई खाल्डोमा हालेर, छोडेर भाग्ने नेतालाई लिडर भनिँदैन । जनतालाई उचालेर, घर जलाउन लाएर,  जेलमा हालेर आफु चाहि फेसबुकमा मात्र बोलेर जनतालाई भीरबाट फाल्ने लिडरलाई हामी लिडर मान्दैनौं।’


कालेबुङ, 30 नोभेम्बर


जिटिए प्रमुख अनित थापाले केही नेताहरूले गोर्खाल्याण्डलाई मागी खाने भाँडो बनाइरहेको जनाएका छन्। उनले विमल गुरुङलाई लक्ष्य गर्दै झण्डा समातेर गोर्खाल्याण्ड माग्नु  नहुने जनाएका छन्।

‘गोर्खाल्याण्ड त सिङ्गो गोर्खाले माग्नुपर्छ । गोर्खाल्याण्ड शब्दलाई लिएर दलीय राजनीति गर्नुहुँदैन,’ उनले भने, ‘गोर्खाल्याण्ड शब्दलाई नेताहरूले मागी खाने भाँडो बनाउनुहुँदैन।’

थापाले आन्दोलनलाई लिएर केही नेताहरूले जनतालाई बोरामा सुताउने काम गरेको र आफू त्यस्तो संस्कृतिको विरोधी रहेको जनाएका छन्।

‘मैले त्यसैले आन्दोलनको नाममा आफूहरू खसीको मासु र भात खाँदै बस्दै, जनताहरूलाई भोकभोकै अलपत्र पार्ने प्रथाको विरोध गरेको हुँ ।  कुनै पनि आन्दोलन बम-बारूदले जितेको इतिहास छैन,’ थापाले भने,  ‘गोर्खाल्याण्ड न कसैले किन्न सक्छ, न कसैले बेच्न सक्छ । यो किनबेच गर्ने कुरा पनि होइन । लिडरले जनतालाई सही मार्ग देखाउनुपर्छ । जनतालाई खाल्डोमा हालेर, छोडेर भाग्ने नेतालाई लिडर भनिँदैन । जनतालाई उचालेर, घर जलाउन लाएर,  जेलमा हालेर आफु चाहि फेसबुकमा मात्र बोलेर जनतालाई भीरबाट फाल्ने लिडरलाई हामी लिडर मान्दैनौं।’

थापा खुमानी मोडमा ४४ नम्बर समष्टिका जनतालाई सम्बोधन गर्दै थिए।  ४४ नम्बर समष्टिको जीवन रेखा मानिने खुमानी मोडदेखि दलगाँउसम्मको बाटोको शिलान्यास कार्यक्रमको प्रमुख अतिथिको रूपमा उनी उपस्थित थिए ।

गोजमुमो ४५ नम्बर समष्टि कोअर्डिनेटर मिङमर दोर्जे लामाको सभातित्वमा शुरू गरिएको कार्यक्रममा पूर्व शिक्षक वर्ग, अभिभावक तथा समाजका अग्रज व्यक्तिहरूको उपस्थिति रहेको थियो । विभागीय कार्यकारी अभियन्ता, सह अभियन्ता लगायत विनय अनित पन्थीका ४४-४५ नम्बर समष्टि सभापति, सचिव लगायत भातृ सङ्गठनका पदाधिकारी पनि उपस्थित रहेको यस शिलन्यास कार्यक्रममा साढे पाँच मिटरको कार्पेटिङ, एक वर्षभित्र कन्स्ट्रक्सनको काम पूरा गर्नुपर्ने पाँच वर्ष मरम्मति हुनेछ।

काम राम्रो,बलियो र निर्धारित समयमा गरेर सक्ने विभागको प्रयास रहने विभागीय कार्यकारी अभियन्ता दीपेन्द्र घिमिरेले बताए । २०, ५८,१४,७००.०० रूपियाँको लागतमा  बनिने यस सडकको निर्माण श्रीनिवास एजेन्सीले गर्ने जनाइएको छ।

सम्बोधनको क्रममा प्रमुख अतिथि अनित थापाले आन्दोलनको समयमा सिप्सु क्षेत्रका सबै जनताहरूले धेरै योगदान दिएको तर त्यसपछि जीटीए थापेपश्चात्  कसैले कदर नगरेको भन्दै उनले भने, ‘मेरोमा जादुको छडी छैन, एकैसमयमा सबैको समस्या समाधान गर्न सकिँदैन। क्षेत्रवासीको समस्या बुझ्न चारपाँच दिनको निम्ति ४४ नम्बर समष्टि फेरि आउनेछु।’

४४ नम्बर समष्टिका  गैरीबास, नक्सल, कोपिस बस्ती आदि ठाँउबाट ५१ घरले थापाबाट गोजमुमोको झण्डा ग्रहण गरी गोजमुमो विनय अनित खेमालाई समर्थन जनाएका छन्  । दिलिप लामाले सञ्चालन गरेको कार्यक्रममा चाँदनी गुरूङ, चुरामणि राई, अजय प्रधान, ओम कार्की,  हैदर अली,  विरेन गुरूङ, दिपेन छेत्री, किशोर थापा, सन्दिप कुलुङ आदि विशिष्ट अतिथिको रूपमा उपस्थित थिए । ४४ नम्बर समष्टि सचिव हर्कमान छेत्रीले धन्यवाद ज्ञापन राखे पछि कार्यक्रम सभापति मिङ्गमर दोर्जे लामाले सभा समाप्त भएको घोषणा गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया