मुख्यमन्त्री पीएस तामाङ र मन्त्री परिषदका 12 सदस्यले नयाँ दिल्लीमा  गरे पुनः शपथ ग्रहण

गान्तोक, 1 डिसम्बर। सिक्किमको मुख्यमन्त्री पीएस तामाङ र उनको मन्त्री परिषदका 11 पद र गोपनियताको शपथ ग्रहण गरेका छन्। राज्यपाल गङ्गा प्रसादले मुख्यमन्त्री तामाङलाई शनिबार राति पद र गोपनियताको शपथ दिलाएका हुन भने 11 जना मन्त्रीलाई आइतबार बिहान नयाँ दिल्लीस्थित सिक्किम हाउसमा सपथग्रहण समारोहमा पद र गोपनियताको शपथ दिलाएका हुन्।  संविधाको धारा 164 को अनुसूची 1 अन्तर्गत मुख्यमन्त्रीलाई सपथ गराएको राज्यपालका प्रवक्ताले जारी गरेको प्रेस बयानमा उल्लेख गरेको छ। मुख्यमन्त्री तामाङले  छह महिना अघि चुनाउ नलडि पार्टीको नेता तथा मुख्यमन्त्री उम्मेद्वारको रूपमा पार्टीले चयन गरेपछि मुख्यमन्त्री बनेका थिए। उनको कार्यकाल समाप्त हुन अघि नै दक्षिण सिक्किमको पोकलोक-कामराङबाट चुनाउमा लडेर विजयी विधायक भएपछि अब निर्वाचित मुख्यमन्त्रीको रूपमा पुनः शपथ ग्रहण गरेका छन्। उनले गत अक्टोबर महिनामा भएको उप चुनाउमा विधायकको पदमा निर्वाचित बनेका थिए। यस अघि सत्तारूढ एसकेएम पार्टीले राज्यपाललाई आफ्नो नेता पीएस तामाङलाई विधायकदलले मुख्यमन्त्रीको रूपमा तथा एसकेएम पार्टीको विधायकदलको नेता चयन गरेको बताउँदै प्रस्ताव प्रस्तुत गरेको थियो। यसैगरि राज्यपाल प्रसादले एसकेएम पार्टीको मन्त्री परिषदमा रहेका सदस्य कुङ्गा निमा लेप्चा, सोनाम लामा, बेदुसिंह पन्त, डॉ. मणिकुमार शर्मा, अरूण उप्रेती, साम्डुप लेप्चा, लोकनाथ शर्मा, मिङ्मा नोर्बु शेर्पा, कर्मा लोडे भोटिया, भिम हाङ लिम्बू र सञ्जित खरेललाई पनि मन्त्री पदको शपथ दिलाएका छन्। शपथ ग्रहण समारोहमा सिक्किम विधानसभा अध्यक्ष एलबी दास, उपाध्यक्ष साङ्गे लेप्चा, विधायकगण, मुख्यसचिव एससी गुप्ता समेत अन्य अधिकारीगणको उपस्थिति रहेको थियो।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया