‘पहाडको पुलिसी अत्याचार जाँच्ने संसदीय समिति बनाइदियाजावोस्’

विज्ञापन

दार्जीलिङ, 4 दिसम्बर


चुनाउअघि भाजपा सांसद राजु विष्टले भनेका थिए, ‘मलाई सांसद बनाएर पठाउनु भयो भने म भूमिगत रहेको पाँच हजार आन्दोलनकारीहरूलाई फर्काएर ल्याउनेछु।पहाडबाट एट्रोसिटी हटाउनेछु।’

हिजोमात्र संसदमा विष्टले यसै मामिलामा आफ्नो कुरा राखे। पाँच हजार भूमिगत आन्दोलनकारीहरूलाई फर्काउने सन्दर्भ नछोइ उनले  पुलिसको माध्यमद्वारा ममता व्यानर्जीको सरकारले दार्जीलिङ पहाड़मा आतङ्क मच्चाइरहेको मुद्दा उठाए।

केहीदिन अघि पुलिसले विमल गुरुङपन्थी गोजमुमोका 14 जना कार्यकर्तालाई बिनाकारण पक्राउ गरेको तथा ती पक्रा पर्ने कार्यकर्ताहरूलाई सादा कागजमा हस्ताक्षर गर्नसमेत लगाएको सन्दर्भ झिक्दै उनले भने, ‘पहाड़मा पुलिसी अन्याय-अत्याचारको जाँच गर्न एक संसदीय समिति गठन गरिदियाजावोस्। समितिको रिपोर्ट सदनमा पेश गरियोस्।’

ममता व्यानर्जीको सरकारले संविधान उल्लङ्घन गर्दै दार्जीलिङ पहाड़का आम नागरिकहरूलाई गैरकानुनी ढङ्गमा पक्राउ गर्न पुलिसलाई निर्देश दिइरहेको  आरोप पनि उनले लगाए।  ‘पुलिसकै डरले अहिले पनि पहाड़का पाँचहजार युवा दार्जीलिङबाहिर बस्न परिरहेको छ’, उनले भने

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया