गोरामुमो भन्छ-छैटौं अनुसूचीमा एनआरसी लागू हुँदैन

विज्ञापन

‘ केन्द्रशासित प्रदेशको मान्यता पाइसकेको लद्दाखले पनि छैटौं अनुसूचीको माग गरिरहेको छ। राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) छैटौं अनुसूची भएका क्षेत्रहरूमा लागू नहुने केन्द्रिय गृहमन्त्री अमित शाहले घोषणा गरिसकेका छन्,’ लामाले भने, ‘ सुवास घिसिङले आजभन्दा 12-13 वर्षअघि जुन दूरदर्शितापूर्ण राजनीति गरेर यो क्षेत्रलाई छैटौं अनुसूचीमा गाभ्ने काम गरेका थिए, त्यसबारे बुझाउन अनिवार्य छ।’


दार्जीलिङ, 5 दिसम्बर


भोलि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले छैटौं अनुसूची सम्झौता दिवसकोरूपमा पालन गर्ने भएको छ। गोरामुमो केन्द्रिय कार्यालय प्रवक्ता वाई लामाले भनेअनुसार पार्टी अध्यक्ष मन घिसिङको निर्देशमा यो दिवस पालन गरिएको हो।

दार्जीलिङ महकुमाभरि पालन गरिने सम्झौता दिवसमा  छैटौं अनुसूचीको फाइदा, पहाडले गुमाउनुपरेको व्यवस्थाबारे समर्थकहरूलाई बताइनेछ। यसको निम्ति  दार्जीलिङ सदर १ र २ मा हुने कार्यक्रममा  मन घिसिङ उपस्थित हुनेछन्। उनैले  छैटौं अनुसूचीको महत्त्व, आवश्यकताबारे बोल्नेछन्।

6 दिसम्बर 2005-को दिन गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अध्यक्ष सुवास घिसिङले केन्द्र र राज्य सरकारसित छैटौं अनुसूचीको लागि सम्झौता गरेका हुन्। तर पहाडमा यसको विरोध भयो। पहाडले छैटौं अनुसूची गुमाएको र अहिलेसम्म यसको औचित्य लाभदायक रहेकोबारे पनि घिसिङले बताउनेछन्।

‘ केन्द्रशासित प्रदेशको मान्यता पाइसकेको लद्दाखले पनि छैटौं अनुसूचीको माग गरिरहेको छ। राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) छैटौं अनुसूची भएका क्षेत्रहरूमा लागू नहुने केन्द्रिय गृहमन्त्री अमित शाहले घोषणा गरिसकेका छन्,’ लामाले भने, ‘ सुवास घिसिङले आजभन्दा 12-13 वर्षअघि जुन दूरदर्शितापूर्ण राजनीति गरेर यो क्षेत्रलाई छैटौं अनुसूचीमा गाभ्ने काम गरेका थिए, त्यसबारे बुझाउन अनिवार्य छ। के पाएका थियौं के गुमायौं, त्यो बताउन अनिवार्य छ। ’

अर्कोतिर अजय एडवर्डले छैटौं अनुसूची बङ्गालभित्रको व्यवस्था भए पनि कानून बनाउने अनि भूमि अधिकार यसमा अन्तरभुक्त भएको जनाएका छन्।

‘विकल्पहिन पृथक राज्य गोर्खाल्याण्ड वा केन्द्रशासित प्रदेश गठन हुन नसके छैटौं अनुसूचीभन्दा निम्नस्तरको स्थायी राजनैतिक सामाधान स्वीकार गरिनेछैन,’ उनले भनेका छन्, ‘पृथक राज्य नै सबैभन्दा ठूलो स्थायी राजनैतिक सामाधान हो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया