क्याब र एनआरसी सिक्किममा लागू नहोस् भन्दै पिएस गोलेले बिसाए शाहलाई बिन्ती

विज्ञापन

दिल्ली, 6 दिसम्बर


सिक्किमका मुख्यमन्त्री पीएस गोलेले गृहमन्त्री अमित थाहालाई सिटिजनसिप एमेनमेन्ट बिल (क्याब) र नेस्नल रेजिस्टर अफ सिटिजन्स (एनआरसी) दुवै सिक्किममा लागू नगरिदिने बिन्ती गरेका छन्। ‘सिक्किमलाई क्याब र एनआरसीबाट बाहिर राखियोस्,’ गोलेले भनेका छन्। गोलेले एउटा पत्र लेखेर शाहसित यस्तो बिन्ती बिसाएका हुन्।

गोलेलाई लाग्छ, क्याब र एनआरसीलाई लिएर सिक्किममा आशङ्का र विभ्रान्ति छ। यसैले गोलेले शाहलाई लखेको चिट्ठीमा तत्कालीन सिक्किम देश गणतान्त्रिक भारतको एउटा राज्य बन्ने क्रममा छुटेक 75 हजार सिक्किमे नागरिकलाई 1989-90 मा नै भारतीय नागरिकता प्रदान गरिसकेको कुरा उल्लेख छ।

गोलेले संविधानको धारा 371 एफले सिक्किम राज्य, यहाँका पुराना कानून र सिक्किमले जारी गरेको इन्नरलाइन पर्मिटलाई सुरक्षा प्रदान गर्ने भन्दै क्याब र एनआरसीबाट सिक्किमलाई पर राखिनुपर्ने माग गरेका हुन्। यसै विषयलाई लिएर गोलेले रक्षामन्त्री राजनाथ सिंहलाई पनि भेटे। गोलेले सरकारमा आउन अघि सिक्किमले जनतालाई क्याब र अनआरसीबाट छुट दिलाउने बचन दिएका छन्।

उनको बचनलाई सिक्किमे जनताले सबैभन्दा संवेदनशील बचनकोरूपमा लिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया