बीपी बजगाईँको प्रतिक्रिया : बिनोय तामाङले गृहमन्त्रीलाई झट्टै माफी मागेको हुनुपर्छ

विज्ञापन

फाइल फोटो

प्रतिक्रिया

बिनय तामाङले भनेका छन्-“गृहमन्त्रीले जुन प्रकारको वक्तव्य आज लोकसभा दिए त्यो अप्रत्यक्ष रुपमा गोर्खा समुदायलाई पनि उनले “घुसपैठियो´´ को संज्ञा दिएका हुन्।“ हिजो संसदमा बोल्दा माननीय गृहमन्त्रीले गोर्खालाई घुसपैठिया कहीं पनि भनेका छैनन्। उनले प्रत्यक्ष बोलेको भिडियोमा विनय तामाङले अप्रत्यक्ष सुन्नु भनेको बिनय तामाङज्युको बिमारी मानसिकता हो।


बीपी बजगाईं


हिजो लोकसभामा माननीय गृहमन्त्री अमीत शाहज्युले राखेको नागरिक संशोधन विधेयक (क्याब) -को पक्षमा 311 मत अनि विरोधमा 80 मत खस्यो। यसरी लोकसभामा नागरिक संसोधन विधेयक पास भएकोमा गृहमन्त्री अमीत शाह ज्युलाई हामी गोर्खा जनमुक्ति मोर्चा हार्दिक बधाई टक्राउँदछौं। यस विधेयकले कुनै पनि धर्म तथा सम्प्रदायलाई भेदभाव गरेको छैन अनि भारत स्वाधीन हुँदाको देश विभाजन आधारलाई विधेयकले नैसर्गिक आधारको रूपमा राखेको छ। यस विधेयकले गोर्खा जातिलाई कुनै प्रकारको भय छैन जसको कारणले गोर्खा जातिलाई एनआरसी प्रक्रिया चल्दा पूर्ण राहत प्राप्त हुनेछ।

तर हिजो बेलुकी मात्र मैले विनय तामाङज्युको एउटा प्रेस विज्ञप्ति पढें जहाँ उनले हिजो अमित शाहज्युले सदनमा विधेयक राख्दा बोल्दै नबोलेको कुरालाई जनतामा भ्रम उत्पन्न गराउन राखेका रहेछन्।

बिनय तामाङले भनेका छन्-“गृहमन्त्रीले जुन प्रकारको वक्तव्य आज लोकसभा दिए त्यो अप्रत्यक्ष रुपमा गोर्खा समुदायलाई पनि उनले “घुसपैठियो´´ को संज्ञा दिएका हुन्।“

यो वक्तव्य बिनय तामाङको विरोधी अनि बिमार मानसिकताको परिचय हो। किनभने हिजो संसदमा बोल्दा माननीय गृहमन्त्रीले गोर्खालाई घुसपैठिया कहीं पनि भनेका छैनन्। उनले प्रत्यक्ष बोलेको भिडियोमा विनय तामाङले अप्रत्यक्ष सुन्नु भनेको बिनय तामाङज्युको बिमारी मानसिकता हो।

वास्तवमा भन्नु हो भने हिजो आसामका सांसद गौरव गोगोइले बोलेको कुरालाई हुबहु टिपेर त्यसमा सदनमा अमित शाहले भनेको बनाएर बिनोय तामाङले बोलेका हुन्।

आज विपक्षमा बसेर गोर्खाको सुरक्षाको कुरा गर्ने गौरव गोगोइले यो पनि बताउनु सक्नुपर्छ कि उनको पिता तरुण गोगोई आसामको मुख्यमन्त्री हुँदा गोर्खाको सुरक्षाको निम्ति ठोस पहल र काम किन भएन? आसाममा गोर्खाहरूलाई डी भोटर बनाएको प्रतिवादमा सुरक्षा स्वरूप गोगोई सरकारले के दिएको थियो?

विपक्षमा बसेर कसैलाई काखी चेपेको जस्तो गर्नु र पक्षमा बसेर सहयोग पुऱ्याउनुमा फरक पर्छ। बिनोय तामाङहरूले यस्तो वक्तव्यलाई लिएर दुष्प्रचार गर्नुभन्दा गोर्खाको हीतमा रहेको क्याब र एनआरसी लाई स्वागत गर्नुमा गोर्खाको भलाई हुनेछ। अमित शाहज्युले सदनमा बोल्दै नबोलेको कुरालाई टिपेर तृणमूल काँग्रेसलाई सहयोग पुऱ्याउने झुटो वक्तव्य दिएकोमा बिनोय तामाङले गृहमन्त्रीलाई झट्टै माफी मागेको हुनुपर्छ।

सदनमा गृहमन्त्रीले विधेयक असंवैधानिक छैन, देश हीतमा एनआरसी लागु हुने नै छ, कुनै धर्म विशेषको नागरिकले डराउनुपर्ने आवश्यकता छैन भनेर वक्तव्य दिँदै गर्दा पश्चिम बंगालको मुख्यमन्त्री ममता बनर्जीले खड़गपुरमा एउटा जनसभालाई सम्बोधित गर्दै नागरिकता संशोधन विधेयक अनि एनआरसी बंगालमा लागु हुनु नदिने वक्तव्य दिदै थिइन्।

यता बिनोय तामाङहरू एनआरसी विषयमा गोर्खाहरूलाई डर देखाउने काम गर्दैछन। यो सबै राज्यको निर्देशमा भएको राजनैतिक षडयन्त्र हो अनि यस षड्यन्त्रमा अवैध बंगलादेशी घुसपैठियालाई बचाउनु गोर्खा जातिलाई राजनैतिक हतियारको रुपमा प्रयोग गरिँदैछ। बिनय तामाङहरूले यस्तो घिनलाग्दो खेल झट्टै बन्द गर्नुपर्छ। जसको कारणले हाम्रो आफ्नै किपट सिलगडीमा गोर्खाहरू अल्पसंख्यक बने उनीहरुलाई अवैध तरिकाले बचाउने बिनोय तामाङहरूको खेल जनताले बुझिसकेका छन्। हामी बिनोय तामाङहरूलाई एउटा अनुरोध गर्न चाहन्छौं, यदि तपाईंहरूले जातिको हीत गर्नु सक्नुहुन्न भने अहीत पनि नगरिदिनुहोस्, किनभने जातिको सुरक्षाको हाम्रो योजनामा तपाईंहरूकै भावी सन्तानको पनि सुरक्षा उभिएको छ।


बजगाईँ विमल खेमा गोजमुमोका प्रवक्ता हुन्

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया