असम काङ्ग्रेसको प्रतिक्रिया : गोर्खाहरूलाई अनुप्रवेशकारी भनेकोमा गृहमन्त्री अमित शाहले क्षमा माग्नुपर्छ

असम, 10 दिसम्बर


भारतीय गोर्खाहरूप्रति लाञ्छना लगाउने कार्यको असम कङ्‌ग्रेसले भर्त्सना जनाएको छ। गोर्खाहरूलाई कथित रूपमा अनुप्रवेशकारी भनेकोमा केन्द्रिय गृहमन्त्री अमित शाहले क्षमा माग्नुपर्ने माग कङ्‌ग्रेसले गरेको छ। असम कङ्‌ग्रेसका नेता गौरव गोगोईले यस्तो माग गरेका छन्‌।

‘केन्द्रिय गृहमन्त्री अमित शाहले गोर्खाहरूलाई अनुप्रवेशकारी (घुसपैठिया) भनेकोमा तिनीहरूसमक्ष (गोर्खाहरूसमक्ष) क्षमा मागून्‌,’ गौरव गोगोईले  भनेका छन्‌, ‘यी नै गोर्खाहरूले हाम्रो देशको सीमाको सुरक्षा गर्दछन्‌ अनि बिहार, राजस्थानजस्ता राज्यका बासिन्दाहरूको पनि सुरक्षा गर्छन्‌।’

केन्द्रिय गृहमन्त्री अमित शाहले सोमबार लोकसभामा नागरिकता संशोधन विधेयक प्रस्तुत गर्ने क्रममा असममा राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-बाट बाहिर रहेका 19 लाख मानिसहरू, जसमा भारतीय सीमाको सुरक्षा गर्ने गोर्खाहरू पनि सामेल छन्‌,-लाई अनुप्रवेशकारीको संज्ञा दिएको आरोप छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन