दलगाउँमा आधार कार्डको नाममा लुट: एकजनाबाट लिइँदैछ 6 सय रुपियाँ

विज्ञापन

कालेबुङ, 11 दिसम्बर: कालेबुङ जिल्लाको गोरूबथान खण्ड अन्तर्गत पर्ने दलगाउँमा  रोङ्गो ग्राम पञ्चायत कार्यालय नजिक आधार कार्ड संसोधनको नाममा लुट चलिरहेको छ। सोमबारदेखि शुरू भएको उक्त केन्द्रमा आधार कार्डमा नाम, जन्मतिथि आदि संशोधन गराउन आउने प्रत्येक व्यक्तिबाट 6 सय रुपियाँ लिइँदैछ। स्थानीय एक श्रमिकले भने अनुसार उनीहरूले बगानबाट दैनिक हाजिरा 2 सय अधिक मात्र पाउँछन्। यसको  अर्थ  कार्ड संशोधन गर्न तीनदिनको हाजिरा खर्चिनु पर्छ।

यसरी नै आफ्नो नाम संसोधन गर्न केन्द्र पुगेका अर्का एक श्रमिकको तर्क के छ भने बगानमा  प्रोभिडेन्ट फन्डमा आधार कार्ड जरूरी भएकोले नाम, जन्मतिथि आदि भूल भएका श्रमिकहरूलाई चाँडै आधार कार्ड संसोधन गर्न विभागले भनेको छ। त्यसैले बाहिरबाट सम्बन्धित मानिस ल्याएर शिविरमा संसोधन गर्ने काम भइरहेको हो। विशेष गरी केही महिनाअघि रोङ्गोमा पनि यस्तै शिविर लगाएऱ 4 सय रुपियाँ दिएर संसोधनको काम भएको थियो।

अहिले दलगाउँमा उक्त शिविर लगाएर 6 सय दिएर संसोधन गराउने काम भइरहेको छ। विशेष गरी आधार कार्ड कति जरूरी हो भन्नेकुरा जिल्ला एवं क्षेत्रीय प्रशासनलाई राम्ररी थाहा छ। प्रशासनलाई राम्ररी थाहा छ कि आधारको नाममा लुट चल्दैछ। सही माध्यमबाट आधार कार्ड संसोधन गर्न 50 रुपियाँ लाग्छ जो फोटो खिचेपछि दिएको पर्चाको फेदमा लेखिएको हुन्छ। तर दलगाउँमा मानिसहरूलाई आधा पर्चा मात्र दिइँदैछ जसको फेदको भाग क्याम्प आयोजना गर्नेहरूले नै राख्ने गर्छ।

यसरी नै हाल जिल्लामा कालेबुङ पोष्ट अफिस एवं एकदुई व्याङ्कको माध्मयबाट आधार कार्डको संसोधन मुस्किल भइरहेको छ। तर 44 एवं 45 नम्बर समष्टिको नजिक मालबजार एंव सिलगढी गएर संशोधन गराउनपरेको खण्डमा पनि यहाँका मानिसहरूले 8 सयदेखि 1 हजार खर्चिनुपर्ने बाध्यता छ। यसैलै आफ्नै ठाउँमा आधार कार्ड संसोधन गर्न शिविर बसाउँदा मानिसहरू खुशी भएपनि 6 सय रुपियाँ तिर्नुपर्ने बाध्यतासित भने धेरै मानिसहरू असन्तुष्ट  छन्। यस सन्दर्भमा बीडीओ गोरूबथानसित बुझ्दा यसबारे जाँच गरिने बताएका छन्। मानिसहरूको असुविधालाई ध्यानमा राखेर विभाग आफैले पञ्चायत कार्यालयहरूमा क्याम्प लगाए मात्र गाउँ-बस्तीका मानिसहरू ठगिनबाट बँच्नेछन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया