राजु विष्टले स्पिकरलाई हटाउन लगाए दुबेले सुब्बामाथि लगाएको लाञ्छनाको रेकर्ड

विज्ञापन

‘हिजो संसदमा म थिइनँ। हुनु हो भने म तत्कालै विरोध जनाउने थिएँ। दुबेले जे पनि सदनमा बोलेका छन्, त्यो उनको नीजि वयान हो,’ विष्टले दुबेको बचाउमा भने, ‘दुबेको अभिव्यक्तिको स्वाधिनतालाई म सम्मान गर्छु तर उनीले तथ्यको पुष्टी गरेर मात्र कुरा राख्न पर्थ्यो। मैले स्पीकरलाई रेकर्ड मेट्न अपिल गरेको छु। उनले मेट्ने आश्वासन पनि दिएका छन्।’


दार्जीलिङ, 13 दिसम्बर


सदनमा सांसदहरूले बोलेको टिप्पणी रेकर्ड गरिन्छ। त्यसको दस्तावेज पनि बनिन्छ। कसले कुन समयमा के बोलेको छ, त्यही रेकर्ड दस्तावेज प्रमाणकोरूपमा पनि रहन्छ। आज संसद सत्रमा उपस्थिति दिन पुगेका दार्जीलिङका सांसद राजु विष्टले निशिकान्त दुबेले मणिकुमार सुब्बामाथि लगाएको लाञ्चनाको रेकर्ड मेट्न आग्रह गर्दै स्पीकरअघि आवेदन चढाएका छन्।

राजु विष्टको भनाई छ, झारखण्डका सांसद निशिकान्त दुबेले मणिकुमार सुब्बाबारे पूरा तथ्य छानबिन नगरी बोलेकोले स्पीकरसित उनको लाञ्छनाको रेकर्ड मेट्न आवेदन गरिएको हो। स्पीकरले आवेदन स्वीकार गरेर रेकर्ड मेटे आधिकारिकरूपमा दुबेले मणिकुमार सुब्बामाथि लगाएको लाञ्छनाको प्रमाण मेटिनेछ।

‘हिजो संसदमा म थिइनँ। हुनु हो भने म तत्कालै विरोध जनाउने थिएँ। दुबेले जे पनि सदनमा बोलेका छन्, त्यो उनको नीजि वयान हो,’ विष्टले दुबेको बचाउमा भने, ‘दुबेको अभिव्यक्तिको स्वाधिनतालाई म सम्मान गर्छु तर उनीले तथ्यको पुष्टी गरेर मात्र कुरा राख्न पर्थ्यो। मैले स्पीकरलाई रेकर्ड मेट्न अपिल गरेको छु। उनले मेट्ने आश्वासन पनि दिएका छन्।’

विष्टले दुबेलाई आफ्नो वयान फिर्ता लिइदिन आग्रह गरेका छन्। उनको वयानले आफू लगायत भारतका डेड करोड गोर्खाहरूको भावनामा ठेस पुगेको उनले जनाएका छन्। ‘दुबेजीले जसको भावनामा ठेस पुऱ्याएका छन्, उनीहरूसित माफी माग्नुपर्छ,’ विष्टले भनेका छन्। उनले दुबेलाई माफी माग्नुपर्ने माग त गरे तर उनले दुबेसित भेटेर कुरा भने राखेनन्। उनले न त चालु सत्रमा त्यसको विरोध गर्ने नै बताए। उनले दुबेले आरोप फिर्ता गर्नुपर्ने, गोर्खाहरूअघि दुबेले माफी माग्नुपर्ने र उनको रेकर्ड मेटिने जिकिर मात्र गरेका छन्।

उनले गोर्खाहरूसित कोही साथ छ भने त्यो भाजपा मात्र रहेको किटान पनि गरे।  दुबेको बयानमाथि भर्त्सना जनाउनेहरूप्रति इङ्गित गर्दै उनले भने, ‘उनीहरू गरोस् पनि के, जोसित न मुद्दा न न जनता। तृणमूल र ममता व्यान्जीको ‘बहकाउ’मा उनीहरू विरोध गरिरहेका छन्। उनीहरुको विरोधको उद्देश्य नै छैन।किन विरोध गरेको हो म बुझ्दिन।’

विष्टले आफूले गोर्खाहरूको मुद्दाहरू उठाइरहेको अनि आफू आफ्नो काममा सन्तुष्ट रहेको पनि जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया