दुबेलाई भाजपाले कार्वाही गरेको हुनुपर्छ : गोरामुमो

विज्ञापन

दुबेको रेकर्ड अमित शाह र राजु विष्टले लोकसभाबाट हटाउने वचन दिएका छन्। दुबेको बयानलाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले कडा शब्दमा निन्दा गरेको छ।’

दार्जीलिङ, 13 दिसम्बर


तेजपुरका पूर्व सांसद स्व, मणिकुमार सुब्बालाई नेपालबाट छिरेको अनुप्रवेशकारी भन्ने झारखण्डका भाजपा सांसद निशिकान्त दुबेलाई भाजपाले कार्वाही गर्नुपर्ने गोरामुमोले माग गरेको छ। गोरामुमो केन्द्रिय समितिको पक्षमा अजय एडवर्ले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘दुबेको बयानलाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले कडा शब्दमा निन्दा गरेको छ।’

एडवर्डअनुसार दुबेले भारत भारत भरि छरिएर बसेका गोर्खाहरुको अपमान गरेका छन्।  मणिकुमार सुब्बा तीनपल्टसम्म लोकसभामा निर्वाचित सांसद हुन्। उनले गोर्खाहरुको निम्ति धेरै काम गरेका छन्। उनलाई लाञ्छना लगाउनु भारत भरि छरिएर बसेका गोर्खाहरुलाई अपमान गर्नु हो।

‘सांसद निशिकान्त दुबेलाई भारतीय जनता पार्टीले कार्वाही गरेको हुनुपर्छ। मैले सांसद दुबेको यस्तो दुर्भाग्यपूर्ण बयान आएलगतै दार्जीलिङ लोकसभा सांसद राजु बिष्टलाई फोन मार्फत जानकारी गराउँदा सांसद राजु बिष्टले गृहमन्त्री अमित शाहसँग वार्ता गरिसकेको बताएका छन्,’ एडवर्डले भनेका छन्, ‘लोक सभाको रिकर्डिङ प्रक्रियाबाट गृहमन्त्री अमित शाह अनि सांसद राजु बिष्टले सांसद निशिकान्त दुबेको वक्तव्य हटाउने वचन दिएका छन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया