गोर्खाको लागि चट्टान बन्छु भन्ने अमित शाह सुब्बालाई अपमान गरिँदा किन मौन?

विज्ञापन

प्रतिक्रिया

गोर्खा जातिको निम्ति चट्टान झैं खडा रहनेछौं भन्ने वर्तमान गृहमन्त्री माननीय अमित शाहले आज किन गोर्खाको गौरव मणिकुमार सुब्बालाई सदनमा अपमान गरिँदा मौन बसिरहेका छन्? त्यसरी नै आज किन भाजपाका दार्जीलिङका सांसद राजु बिष्ट चुपचापले बसिरहेका छन्? आज भाजपा सरकारमा रहदा काङ्ग्रेसका पूर्व सांसदलाई विदेशी भनिरहेका छन्,  भोलि काङ्ग्रेस सरकारमा आए भने फेरि हाम्रै कुनै गोर्खा सांसदलाई विदेशी भन्लान् किनकि बारम्बार राष्ट्रिय राजनीतिमा हामीलाई नै हिलो छेप्ने काम भइरहेको छ।


अनित थापा


यसै साल मात्र गोर्खाका गौरव श्री मणिकुमार सुब्बाको २७ मई २०१९ मा ६१ वर्षको उमेरमा लामो बिमारी सग जुझिएपछि असामयिक निधनको खबरले हामी स्तब्धित  भएका थियौं। एकपटक जन्मिएपछि यो संसारबाट हामीले बिदा लिनुपर्छ, यो प्राकृतिक नियम हो यो हामीले बुझेका छौँ त्यसैले उहाँको निधनले हामीलाई त्यति दुखेन जति भाजपा का सांसद निशिकान्त दुबेले उहाँलाई सोझै नेपालको नागरिक भनेर सदनमा गोर्खे गौरवको खिल्ली उडाए।

यो गोर्खा जातिको निम्ति अतिनै दुर्भाग्यपूर्ण कुरा हो। हामी बारम्बार भनिरहन्छौं, हामीले राष्ट्रिय स्तरमा गोर्खाको पहिचानको निम्ति कार्य गर्नुपर्छ, स्वर्गीय सांसद श्री मणिकुमार सुब्बा त्यस्तै एक व्यक्तित्व हुनुहुन्थ्यो। जसले राष्ट्रिय स्तरमा गएर राजनीति गरेर गोर्खा समुदायलाई प्रतिनिधित्व गर्नुभयो। त्यस्ता पुजनीय व्यक्तिको अपमान गरेर सांसद निशिकान्त दुबेले भाजपाको गोर्खाप्रतिको दृष्टिकोणलाई स्पष्ट पारेको हामीले महसुस गरेका छौँ।

उक्त बयान हामी गोर्खा समुदायलाई कुनैपनि दृष्टिबाट स्वीकार्य छैन। म त्यस बयानको कडा शब्दमा बिरोध जनाउँदै भाजपा सांसद निशिकान्त दुबेले श्री मणिकुमार सुब्बाको परिवार लगायत सम्पुर्ण १.५ करोड गोर्खा समुदायलाई माफी मागेको हुनुपर्छ भन्ने माग गर्दछु।

सन् १९५८, १६ मार्च दार्जीलिङमा जन्मेर आसाम राज्यको  तेजपुर समष्टिका तीन पल्टसम्म काङ्ग्रेसको तर्फबाट सांसद रहनुभएको मणिकुमार सुब्बाले सन् १९९८ देखि २००९ सम्म तेजपुर समष्टिबाट सांसद भएर आफ्नो जातिको लागि अमुल्य योगदान दिनुभएको थियो।

तर हाम्रो गोर्खा जातिको दुर्भाग्य, उहाँलाई भाजपाको वर्तमान राजनीतिले सोझै विदेशीको संज्ञा दिनपुग्यो। गोर्खा जातिको निम्ति चट्टान झैं खडा रहनेछौं भन्ने वर्तमान गृहमन्त्री माननीय अमित शाहले आज किन गोर्खाको गौरव मणिकुमार सुब्बालाई सदनमा अपमान गरिँदा मौन बसिरहेका छन्?

त्यसरी नै आज किन भाजपाका दार्जीलिङका सांसद राजु बिष्ट चुपचापले बसिरहेका छन्? आज भाजपा सरकारमा रहदा काङ्ग्रेसका पूर्व सांसदलाई विदेशी भनिरहेका छन्,  भोलि काङ्ग्रेस सरकारमा आए भने फेरि हाम्रै कुनै गोर्खा सांसदलाई विदेशी भन्लान् किनकि बारम्बार राष्ट्रिय राजनीतिमा हामीलाई नै हिलो छेप्ने काम भइरहेको छ।

हाम्रो गोर्खा समुदायबाट क्षेत्रीय, राज्य स्तर अनि राष्ट्रिय स्तरमा राजनीति गर्नुहुने सम्पूर्ण राजनीतिज्ञहरुलाई राजनीतिदेखि माथि उठेर जातिको निम्ति सोचेर गोर्खा गौरव स्वर्गीय श्रद्धेय मणिकुमार सुब्बा माथी लागेको निन्दनीय आरोपको खण्डन समग्र रुपमा गरिदिनुहुन आग्रह गर्दछु।

`जाति बाँचे मात्र हामी बाँच्नेछौं´


थापा, गोर्खा जनमुक्ति मोर्चाका महासचिव लगायत जिटिएका अध्यक्ष हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया