दुबेहरुकै कारण गोर्खाल्याण्डको माग उठेको हो- क्रामाकपा

भारतको आन बान र सानको निम्ति जीवनको बलिदान दिन, राष्ट्रिय निर्माणमा अग्रिम पङ्तिमा रहने गोर्खा जातिमाथि यसरी विदेशीको लाञ्छना लगाउने घटना बारम्बार भइरहन्छ। हिज अस्ति तनवी दास अहिले निशिकान्त दुवे। यसैकारण राष्ट्रिय चिन्हारी र राजनैतिक सुरक्षाको निम्ति अलग राज्यको माग उठेको हो।


कालेबुङ, 13 दिसम्बर


झारखण्डका भाजपा सांसद निशिकान्त दूबेको भारतीय गोर्खा बिरोधी वक्तव्यको क्रामाकपासे निन्दा गर्दै भत्सर्ना जनाएको छ। संघीय भारतको गरिमामय निकाय लोकसभामा निकै लामो समय लोकसभाका सांसद रहिसकेका स्वर्गीय मणिकुमार सुब्बा भारतीय गोर्खाहरुको सम्माननीय व्यक्तित्व  हुन्  भन्दै क्रामाकपा कोर कमिटी सदस्य अरुण घतानीले दुबेको मन्तव्यको निन्दा गरेका हुन्।

घतानीले सुब्बा लगायत नेपाली भाषी गोर्खाहरुलाई घुसपैठको संज्ञा दिएर दुबेले समस्त गोर्खाहरुको मान सम्मानमा चोट पुऱ्याएको बताएका छन्।

‘दुबेलाई याद हुनपर्छ गणतन्त्र भारतका संविधान सभाका अन्यतम् सदस्य अरिबहादुर गुरुङ्ग गोर्खा हुन् अनि स्वतन्त्र सेनानी दुर्गा मल्लको संसद परिसरकै भव्य सालिगले गोर्खाको योगदान प्रमाणित गर्दछ,’ घतानीले भनेका छन्, ‘भारतको आन बान र सानको निम्ति जीवनको बलिदान दिन, राष्ट्रिय निर्माणमा अग्रिम पङ्तिमा रहने गोर्खा जातिमाथि यसरी विदेशीको लाञ्छना लगाउने घटना बारम्बार भइरहन्छ। हिज अस्ति तनवी दास अहिले निशिकान्त दुवे। यसैकारण राष्ट्रिय चिन्हारी र राजनैतिक सुरक्षाको निम्ति अलग राज्यको माग उठेको हो।’

घतानीअनुसार भारतको राष्ट्र गठन र इतिहासको अल्प ज्ञान भएका व्यक्तिहरुको कारण श्रृङ्खला भङ्ग हुने गर्दछ। भाजपाले गोर्खा समस्याको स्थायी राजनैतिक समाधान गर्ने प्रतिबद्धता संकल्प पत्रमा उल्लेख गरेको छ। गृह मन्त्री स्वयंले संसदमा गोर्खाको पक्षमा कुरा राखेपनि उक्त दलकै सांसदले यस्तो निन्दनीय वक्तव्य दिएर पार्टी कै कथित श्रृङखला पनि भङ्ग गरेका छन् ।

‘दुबेले यथाशीघ्र माफी माग्नु पर्छ। भाजपाले उनीमाथि सशक्त कार्यवाही गर्नुपर्छ,’ घतानीले भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन