चर्किँदै नागरिकता संशोधन बीलको विरोध

विज्ञापन

  • 15 दिसम्बर विकास बोर्डहरूको ऱ्याली 

  • 19 दिसम्बर विनय गुटको ऱ्याली

  • 23 देखि 27 दिसम्बर पहाड़का केन्द्र सरकारी कार्यालयहरूमा विरोध प्रदर्शन


दार्जीलिङ, 14 दिसम्बर


नागरिकता संशोधन बीलको विरोधले दार्जीलिङ पनि दिनप्रतिदिन तातिँदै जाँदैछ। गोजमुमो विनय गूट र दार्जीलिङ जिल्ला हिल तृणमूल कङ्ग्रेसको विरोध प्रदर्शन शुक्रवार पनि जारी रह्यो। अल डेभलपमेण्ट बोर्डले आउँदो 15 दिसम्बर दार्जीलिङ शहरमा विराट विरोध ऱ्याली निकाल्ने भएको छ। अल डेभलपमेण्ट बोर्डको विरोध ऱ्याली बिहान 10 बजीदेखि शहरको रेलवे स्टेशनबाट शुरू भएर लाडेनला अनि नेहरू रोड़ हुँदै चौरस्ता पुग्नेछ।

अल डेभलपमेण्ट बोर्डका एकजना वरिष्ठ अधिकारीले 15 दिसम्बर विरोध ऱ्याली निकाल्नको मुख्य कारण राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले एनआरसी अनि नागरिकता संशोधन बीलको जस्तो प्रकारले विरोध जनाउँदै आइरहेकी छन्‌ त्यसलाई समर्थन जनाउनु हो भने। अर्कोतिर, गोजमुमो विनयगूटले 19 दिसम्बर दार्जीलिङको रेलवे स्टेशनबाट विरोध ऱ्याली निकालेर जिल्लापाल कार्यालय गई नागरिकता संशोधन बीलको विरोधमा जिल्लाधिपाललाई ज्ञापन चढ़ाउने भएको छ।

त्यसरी नै 20 दिसम्बर गोजमुमो-2 अध्यक्ष विनय तामाङले प्रधानमन्त्री नरेन्द्र मोदी अनि केन्द्रिय गृहमन्त्री अमित शाहलाई पत्राचार गर्नेछ। त्यसरी नै 23 देखि 27 दिसम्बरसम्म पहाड़का केन्द्र सरकार कार्यालयहरूमा विरोध प्रदर्शन गर्ने भएको छ। गोजमुमो विनय गूटले आउँदो 15 दिसम्बर सुकना हाईस्कूलको खेल मैदानमा पार्टीका केन्द्रिय नेतृत्व अनि भातृ संगठनहरूलाई लिएर सभा आयोजना गरिने भएको छ

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया