माथिबाट काम गर्न नदिएको भन्दै भाजपा नेताहरूद्वारा राजिनामा

दार्जीलिङ, 14 दिसम्बर


भाजपा जिल्ला समितिका शीर्ष नेताहरूले पदबाट राजीनामा दिए। शुक्रवार दार्जीलिङ प्रेस गिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्दै भाजपा दार्जीलिङ जिल्ला समितिका महासचिव अनिल शर्मा, सहसचिव सुमन शर्मा, खरसाङ नारी एकाइकी संयोजिका प्रियङ्का छेत्री, कालेबुङ युवा एकाइका अध्यक्ष उत्तम राईलगायत 30 जना पदाधिकारीहरूले राजीनामा दिएको शर्माले बताए।

तिनले पार्टीको शिर्ष नेतृत्वले दार्जीलिङ पहाड़मा सङ्गठन विस्तार गर्ने निर्देश दिन्छ, तर सङ्गठन कसरी विस्तार गर्ने भन्ने विषयमा भने कुनै मार्गदर्शन नगरेको आरोप लगाए। आफूले गत 2014 सालदेखि भाजपाको सक्रिय कार्यकर्ता भएर पहाड़मा काम गर्दै आइरहेको जानाउँदै अनिल शर्माले पार्टीले तिनको काम देखेर खरसाङ क्षेत्रमा सङ्गठन विस्तारको कार्यभार सुम्पिएर गत लोकसभा चुनाउको अवधि पठाएको तर चुनाउपछि आफूलाई फेरि दार्जीलिङ जिल्ला समितिको महासचिवको कार्यभार सुम्पिएको जनाए।

‘पार्टीको शीर्ष नेतृत्वले सङ्गठन विस्तार गर भन्छ तर सङ्गठन विस्तार कसरी गर्ने त्यसको दिशानिर्देश गर्नुपर्ने हो तर कुनै प्रकारको दिशानिर्देश नहुँदा हामीले राजीनामा दिने निर्णय लिएका हौं,’ शर्माले भने।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन