सिक्किममा लागू भयो क्याब

विज्ञापन

गृह मन्त्रालयले जारी गरेको आधिकारिक सूचनामा गैर-बीजेपी शासित राज्यहरूमाथि स्पष्ट गर्दै भनिएको छ कि राज्यले उक्त कानून लागू गर्ने नगर्ने निर्णय लिने अधिकार छैन, संविधानको हिस्सा बनेको यो नागरिकता संशोधन कानून लागू भएको हुनुपर्छ।


सिक्किम, 15 दिसम्बर


गृह मन्त्रालयको स्पष्टीकरणबाट नयाँ संशोधित नागरिकता संशोधन कानून तक्निकीगत रूपमा सिक्किममा पनि लागू भएको छ। समाचार हाम्रो प्रजाशक्तिमा प्रकाशित छ। विधानमा कहीँ पनि उल्लेख छैन कि सिक्किमलाई संविधानको धारा 371एफको प्रावधानअन्तर्गत छूट दिइएको छ भनेर। गैर-बीजेपी शासित राज्यहरूले आफ्नो राज्यमा उक्त कानून लागू नगर्ने घोषणा गरेपछि मन्त्रालयले उक्त स्पष्टीकरण दिएको हो।

यद्यपि केन्द्रिय गृहमन्त्रीले लोकसभामा चलेको बहसमा हिमाली राज्य सिक्किम धारा 371एफद्वारा सुरक्षित छ र क्याबबारे आत्तिनुपर्ने केही छैन भनी मौखिक आश्वासन दिएका हुन्‌, मन्त्रालयले भने आधिकारिक रूपमा छूटको सूचिमा उल्लेख नभएका सबै राज्यहरूमा नागरिकता संशोधन कानून लागू हुन्छ भनी राष्ट्रिय समाचार निकायहरूले उल्लेख गरेका छन्‌।

यद्यपि, धारा 371 एफको विशेष प्रावधानले सुरक्षित सिक्किममा कसैलाई नागरिकता प्रदान गर्ने अधिकार भने सिक्किम सरकारसित सुरक्षित रहेको हुन्छ। यहाँ मुख्यमन्त्री पीएस गोले र सिक्किमका बीजेपी नेतृत्वले पनि त्यतिबेला राज्यमा नागरिकता संशोधन कानून लागू नहुने आश्वासन दिएका थिए जतिबेला स्थानीय अन्य दलहरू, नागरिक समाज, शिक्षाविद्‌, विज्ञजन आदिले राज्यमा क्याब लागू हुनसक्ने सम्भावना जताएका थिए।

तर गृहमन्त्रालयको सूचनाअनुसार सिक्किममा पनि उक्त कानून लागू भएको छ र जबसम्म ‘सिक्किम संविधआनको धारा 371 एफअन्तर्गत सुरक्षित छ र नयाँ ऐनबाट सिक्किमलाई अलग्गै राखिएको छ’ भनेर नयाँ सरकारी अधिसूचना जारी हुँदैन, तबसम्म सिक्किम उक्त कानूनबाट अक्षुण्ण छैन। सिक्किमेली जनताले तक्निकीगत रूपमा सिक्किममा पनि उक्त कानून लागू हुने जानेर नै मौखिक होइन, लिखित रूपमा मन्त्रालयले आधिकारिक सूचना जारी गर्नुपर्ने माग गरेका हुन्‌।

गृह मन्त्रालयले जारी गरेको आधिकारिक सूचनामा गैर-बीजेपी शासित राज्यहरूमाथि स्पष्ट गर्दै भनिएको छ कि राज्यले उक्त कानून लागू गर्ने नगर्ने निर्णय लिने अधिकार छैन, संविधानको हिस्सा बनेको यो नागरिकता संशोधन कानून लागू भएको हुनुपर्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया