सीएए र एनआरसीको विरुद्धमा मोर्चाले गऱ्यो कार्यक्रमहरूको घोषणा : सिलगढी, तराई डुवर्समा पनि हुने प्रतिवाद कार्यक्रम

’20 दिसम्बरमा हुन गइरहेको रेली अनि सभामा  सबै सर्वसाधारण जनता जनार्दन अनि सबै सङ्घ सस्थाहरूलाई सामेल भइदिने हामी विनम्र अनुरोध गर्दछौं,’ मोर्चा प्रमुख विनय तामाङले भने, ‘प्रतिवादको यी दुई विरोध कार्यक्रम पश्चात केही दिनको अन्तरालमा केन्द्र सरकारलाई अझ चाप सृष्टि गर्न नयाँ रणनीति अनुरूप विरोध कार्यक्रमहरूलाई अझ ससक्त बनाइनेछ। केही कार्यक्रमहरू सिलगढी, तराई र डुअर्समापनि गर्ने निर्णय लिइएको छ।’


दार्जीलिङ, 16 दिसम्बर


हिजो सुकनामा गोर्खा जनमुक्ति मोर्चा (विनयपन्थी) अनि यसका 23  वटा भातृ सङ्गठनहरू लगायत दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिक सौरेनी,  तराईका विभिन्न स्तरका नेतृत्वहरूलाई लिएर महत्वपूर्ण बैठक बस्यो । बैठकमा लगभग 609 नेतृत्वहरूको उपस्थिति थिए ।

बैठकमा नागरिकता संसोधन ऐन 2019 (CAA) , राष्ट्रिय नागरिकता पन्जीकरण (NRC)  अनि इनर लाइन परमिट (ILP) माथि विस्तृत जानकारी साथै चर्चा-परिचर्चा भएको छ।

नागरिकता संसोधन ऐन र राष्ट्रिय नागरिकता पन्जीकरणको कारणले   सर्व भारतीय स्तरमा गोर्खा जातिमाथि आइपरेको समस्या अनि दुरगामी आइपर्ने  आपद र विपदलाई गोर्खा जनमुक्ति मोर्चा (विनयपन्थी) ले जातिको सुरक्षा अनि समस्याको समाधानको पूर्ण अभिभारा र दायित्व लिने, दार्जीलिङ पहाड, तराई र डुअर्समा बसोबासो गर्ने सम्पूर्ण समुदाय अनि सम्प्रदायहरुको हित र सुरक्षामाथिपनि आफनो जिम्मावारी लिने महत्वपूर्ण निर्णय लिइएको छ।

गोर्खा जनमुक्ति मोर्चाले यी दुई कानुनहरूको विरोधमा आगामी 18 र 19 दिसम्बरको दिन जीटीए क्षेत्रहरूमा गोर्खा जनमुक्ति युवा मोर्चाद्वारा  व्यापक पोस्टरिङ गर्नेछ। यसबाहेक आगामी 20 दिसम्बरको दिन दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा व्यापक विरोध रेली अनि जनसभा गर्नेछ।

’20 दिसम्बरमा हुन गइरहेको रेली अनि सभामा  सबै सर्वसाधारण जनता जनार्दन अनि सबै सङ्घ सस्थाहरूलाई सामेल भइदिने हामी विनम्र अनुरोध गर्दछौं,’ मोर्चा प्रमुख विनय तामाङले भने, ‘प्रतिवादको यी दुई विरोध कार्यक्रम पश्चात केही दिनको अन्तरालमा केन्द्र सरकारलाई अझ चाप सृष्टि गर्न नयाँ रणनीति अनुरूप विरोध कार्यक्रमहरूलाई अझ ससक्त बनाइनेछ। केही कार्यक्रमहरू सिलगढी, तराई र डुअर्समापनि गर्ने निर्णय लिइएको छ।’

उनले दार्जीलिङ, पहाड सिलगढी, तराई अनि डुअर्सका आम नागरिकलाई प्रतिवाद (विरोध) कार्यक्रमहरूलाई सफल बनाइदिने अपिल गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया