जति हिंसा हुन्छ, उति कमल फुल्छ : अमित शाह

त्रिपुरा, 16 दिसम्बर


गृहमन्त्री अमित शाहले सिएए र एनआरसीको प्रतिवादमा देशभरि भइरहेको प्रदर्शन र हिंसाबारे मुख खोलेका छन्। त्रिपुराको अगरतलामा एउटा जनसभामा बोल्दै उनले भनेका छन्, ‘राज्य सरकारहरूले एउटा कुरा थाहा गरोस्, भाजपा हिंसासित डराउँदैन। जति हिंसाको हिलो छ्याप्छ, त्यति नै देशमा कमल फुल्नेछ।’

त्रिपुराको माकपा सरकारको उल्टो गन्ती शुरु भएको दाबी गर्दै उनले माकपाका भ्रष्टाचारी नेताहरू जमिनमुनि लुके पनि खोतलेर निकाल्ने भन्दै यसपल्ट राज्यमा भाजपाको सरकार बनिने दाबीसमेत गरेका छन्। समाचार आजतकले छापेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन