भारतमा अवैधरूपमा बङ्गलादेशी बसेको छ भने सूची दिउन्, हामी उनीहरूलाई देश लानेछौं-बङ्गलादेश

‘सूची दिइयोस्, हामी उनीहरूलाई देशमा फिर्ता लानेछौं, हाम्रा नागरिकबाहेक अरू बङ्गलादेश घुसेको खण्डमा उनीहरूलाई हामी भारत पठाइदिनेछौं।, मेननले भनेका छन्। सीएएको कारण देशमा हिंसा फैलिरहेको बेला मेननले यस्तो वयान दिएका छन्। उनले भारत यात्रासमेत रद्द गरेका छन्। ‘बङ्गलादेशको सहिष्णुता हेर्न म अमित शाहालाई केही समय बङ्गलादेश बसेर हेर्ने सुझाव दिन्छु,’ मेननले भनेका छन्।


दिल्ली, 16 दिसम्बर


भाजपा देशबाट बङ्गलादेशी अनुप्रवेशकारीलाई देश खेदाउन अनेकौ तिकडम गरिरहेको छ। एनआरसी र सिएएको अन्तर्यमा पनि मुस्मिलहरूमाथि नै राजनीति गर्ने हिन्दुत्ववादी आशय रहेको चर्चा चलिरहेको छ। यस्तोमा बङ्गलादेशले भारतलाई भनेको छ, ‘भारतमा यदि अवैधरूपमा बङ्गलादेशीहरू बसेका छन्, भने त्यसको सूची दिइयोस्, हामी उनीहरूलाई फिर्ता लिनेछौं।’

भाजपाको मुश्लिम हिन्दू राजनीतिलाई धेरै ठुलो धक्का पुग्ने सम्भावना बोकेको यस्तो वयान बङ्गलादेशका वदेशमन्त्री  अब्दुल मेननले दिएका छन्।

मेननअनुसार जुन हिसाबले भारत सरकारले भारतमा बङ्गलादेशीहरू अवैधरूपले बसेको दाबी गरिरहेको छ, त्यो पक्कै पनि हचुवाको भरमा भनेको होइन। भारतसित यस्तो सूची अवश्य पनि छ। त्यो सूची बङ्गलादेशलाई दियोस्, भारतमा बसेका अवैध बङ्गलादेशीहरूलाई बङ्गलादेश लगिनेछ।

‘सूची दिइयोस्, हामी उनीहरूलाई देशमा फिर्ता लानेछौं,’ मेननले भनेका छन्, ‘तर हाम्रा नागरिकबाहेक अरू बङ्गलादेश घुसेको खण्डमा उनीहरूलाई हामी भारत पठाइदिनेछौं।’

सीएएको कारण देशमा हिंसा फैलिरहेको बेला मेननले यस्तो वयान दिएका छन्। उनले भारत यात्रासमेत रद्द गरेका छन्। ‘बङ्गलादेशको सहिष्णुता हेर्न म अमित शाहालाई केही समय बङ्गलादेश बसेर हेर्ने सुझाव दिन्छु,’ मेननले भनेका छन्।

क्याबलाई सदनमा पारित गराउँदैगर्दा शाहले बङ्गलादेशमा हिन्दूलगायत अन्य अल्पसंख्यकहरूलाई प्रताडित गरिएको बयान दिएका थिए, त्यसैको जवाबमा मेननले यस्तो वयान जारी गरेका हुन्।

सीएएमा अफगानिस्तान, बङ्गलादेश र पाकिस्तानमा धार्मिक प्रताडनाको कारण 31 दिसम्बर 2014सम्म भारत आएका हिन्दू, सिख, बौद्ध, जैन, पारसी र इसाई समुदायका शरणार्थीहरूलाई नागरिकता दिने प्रावधान छ।  पाँचवर्षदेखि भारतमा बसेपछि उनीहरूलाई त्यो नागरिकता दिने हो। त्योभन्दा अघि नागरिकता पाउन 11 वर्ष भारतमा बसेको हुनुपर्थ्यो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया