धापगाउँमा 2020 भित्र नयाँ स्कूल भवन बनिनेछ : छिरिङ दाहाल

विज्ञापन

कार्यक्रममा जीटीए डिस्ट्रिक्ट स्कूल बोर्डका अध्यक्ष छिरिङ दाहालले सम्बोधन राख्दै प्राथमिक शिक्षा व्यवस्थामा सुधार ल्याउन आफूहरू प्रतिबद्ध रहेको बताइन्।  ‘2020 भित्र धापगाउँ प्राथमिक पाठशालाको नयाँ भवन बनाइदिनेछु। शीघ्र नै यसको प्रक्रिया अघि बढाइनेछ,’ उनले भनिन्।

रोङ्गो, 19 दिसम्बर


धापगाउँ प्राथमिक पाठशाला रोङ्गोमा एउटा भव्य समारोहमाझ स्कूलको वार्षिक खेलकुद समारोह सम्पन्न भयो। प्राथमिक शिक्षाको अवस्थालाई पाठ्यपुस्तकसितै खेलकुदद्वारा पनि विकसित गर्ने उद्देश्यले वार्षिक कार्यक्रम आयोजना गरिएको थियो।

स्कूल परिसरमा आयोजित समारोहमा एसआई गोरूबथान आनन्द शर्मा मुख्य अतिथिका रूपमा उपस्थित थिए भने विशेष अतिथिहरूमा जीटीए डिस्ट्रिक्ट स्कूल बोर्डका अध्यक्ष छिरिङ दाहाल, बोर्ड सदस्य शङ्कर लाबर, बिन्दु प्राथमिक पाठशालाका प्रधान शिक्षक सीबी तामाङ, रोङ्गो प्राथमिक पाठशालाका सीबी गुरुङ, 45 धुराका उमेशचन्द्र चाहार, डीआई दार्जीलिङ, बोर्ड सदस्य बिशाल शर्मा, आईपी शर्मा, कालेबुङ एमएसकेका सेण्डुप लामा स्थानीय एसबी राई, डीबी गुरुङ, कालेबुङ हिल प्राइमेरी टिचर्स अर्गनाइजेसनका सदस्यहरू, गोजमुमो समष्टि अध्यक्ष हर्कमान छेत्री, विरण गुरुङ आदि उपस्थित थिए।

कार्यक्रममा नानीहरूमाझ विभिन्न वर्गको दौड प्रतोयोगिता, स्मरण शक्तिको जाँच, म्याथ रेस, बलुन फुटाउने आदि प्रतिष्पर्धात्मक खेलहरूसितै साङ्गीतिक कार्यक्रम आदि सम्पन्न भएको थियो।

कार्यक्रममा जीटीए डिस्ट्रिक्ट स्कूल बोर्डका अध्यक्ष छिरिङ दाहालले सम्बोधन राख्दै प्राथमिक शिक्षा व्यवस्थामा सुधार ल्याउन आफूहरू प्रतिबद्ध रहेको बताइन्।  ‘2020 भित्र धापगाउँ प्राथमिक पाठशालाको नयाँ भवन बनाइदिनेछु। शीघ्र नै यसको प्रक्रिया अघि बढाइनेछ,’ उनले भनिन्।

अर्कोतिर स्कूलका प्रधान शिक्षक सोमकुमार गुरुङले प्राथमिक पाठशालाको खस्कँदो अवस्थामा सुधार ल्याउन स्कूलपक्षले भरसक प्रयास गरिरहेको बताए। उनले निजी स्कूलहरूकै हाराहारीमा प्राथमिक स्कूललाई पनि अघि ल्याउन पाठ्यपुस्तबाहेक खेलकुद, सङ्गीत इत्यादि क्षेत्रमा पनि विद्यार्थीहरूलाई सहभागी गराउन यसप्रकारको कार्यक्रमहरू आयोजना गरिने गरेको बताए। उनले आगामी वर्षदेखि स्कूलको पाँचौँ कक्षा पनि शुरू हुने जानकारी गराउँदै स्कूलको भवनसितै फेन्सिङको समस्याबारे पनि जीटीए स्कूल बोर्ड अध्यक्ष छिरिङ दाहाललाई अवगत गराइएको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया